कोभिड–१९को सम्भावित जोखिम हुन नदिन यही चैत ११ गतेदेखि मुलुकभर ‘लकडाउन’ जारी रहेको छ । यसले गर्दा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा, यातायात र हिँडडुलमा कडाइ गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका अधिकांश नेता सामाजिक सञ्जाल तथा विभिन्न सूचना प्रविधिमार्फत प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा कोरोना भाइरस रोकथामको अभियानमा जुटेका देखिन्छन् ।
सामाजिक सञ्जालको प्रयोगमा कम अभ्यस्त देखिने काँग्रेसका शीर्ष पदाधिकारी तथा नेताहरु अहिले सामाजिक सञ्जाल र सूचना प्रविधिको उपयोगमा युवा नेताहरुसँगै अभ्यस्त बनेका छन् ।
उनीहरु यतिखेर दैनिक रुपमा विभिन्न सामाजिक सञ्जालमार्फत सो भाइरसको सम्भावित जोखिम हुन नदिन आवश्यक जनचेतना फैलाउन, लकडाउन पालना गर्न जनतालाई अपिल गर्न तथा जनताका जनजीविकाका समस्या बारेमा सरकारको ध्यानाकर्षण गराई समाधानका गर्न सरकारलाई सुझाव दिन लागिरहेका छन् ।रासस