विराटनगरका प्रतिष्ठित व्यापारी घरानै तिर्दैन कर, डिपिएसले तिरेन महानगरको लाखौँ कर

 न्यूज विराट
विराटनगरका प्रतिष्ठित व्यापारी घरानै तिर्दैन कर, डिपिएसले तिरेन महानगरको लाखौँ कर

विराटनगर । विराटनगरका प्रतिष्ठित व्यापारी घरनाका उद्योगीहरूले प्रदेश १ को राजधानी विराटनगरमा सञ्चालन गरेको दिल्ली पब्लिक स्कुल (डिपिएस) ले लाखौँ रुपैयाँ विराटनगर महानगरपालिकालाई सम्पत्ति कर नतिरेको पाइएको छ ।

विद्यार्थीबाट चर्को शुल्क लिने डिपिएसको नाममा रहेको जग्गा, भवनलगायत अन्य भौतिक सम्पत्तिबापत महानगरले ३५ लाख रुपैयाँ राजश्व प्राप्त गर्नुपर्ने बाँकी देखिएको छ । महानगरपालिकाले पटक – पटक ताकेता गर्दा पनि डिपिएसले जग्गा, भवनलगायतका अन्य भौतिक सम्पत्तिबापतका कर तिर्न चासो देखाएको छैन । राठी ग्रुपका निर्देशक अरुण राठी र मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष प्रकाश मुन्दडाले दिल्ली पब्लिक स्कुलका सञ्चालकमा ल्याएका हुन् ।

यसरी महानगरपालिकालाई समयमै कर नबुझाउने डिपिएस स्कुल मात्र होइन, यहाँका ठुला तथा मध्यम स्तरका करदाताहरुले तिर्नुपर्ने कर नतिरेका कारण महानगरलाई आन्तरिक आम्दानी बढाउन हम्मे परेको हो ।
यसै गरी विराटनगरको ठुलो व्यावसायिक घरानाको रूपमा चिनिएको दुगड ग्रुपले विराटनगर महानगरपालिकालाई वर्षौँदेखि सम्पत्ति कर तिरेको छैन । विराटनगर ७ मेन रोडमा दुगड समूहको दुगड हाउस नामबाट चिनिएको महल छ । विराटनगर महानगर क्षेत्रभित्र थुप्रै ठाउँमा उनीहरूको नाममा जग्गाजमिन पनि छन् ।
विराटनगर १४ मा ठुला गोदाम घर र भवनहरू उनीहरूका नाममा छन् । तर, त्यसबाट महानगरले केही वर्ष यता राजश्व प्राप्त गर्न सकेको छैन । दुगड हाउसले विराटनगर महानगरपालिकालाई सम्पत्ति र बहाल करसमेत गरेर ८८ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ । पटक–पटक कर तिर्नका लागि ताकेता गरे पनि कर तिर्न आनाकानी गरेको महानगरले जनाएको छ ।

महानगरलाई व्यवसाय कर र सम्पत्ति कर नतिर्नेमा विराटनगरको व्यावसायिक समूह आरके सेन्टर मल पनि छ । आर।के। मलबाट २८ लाख रुपैयाँ राजश्व प्राप्त गर्न बाँकी रहेको महानगरपालिकाले जनाएको छ । विराटनगर ८ स्थित हाट खोलामा ३ वर्षअघि सञ्चालनमा आएको मलले व्यवसाय कर, बहाल कर र सम्पत्ति कर तिरेको छैन ।

विराटनगरको हिमालय रोडमा रहेको हिमालय सिनेमा हलले पनि महानगरपालिकालाई लाखौँ राजश्व तिरेको छैन । हिमालय सिनेमा हलले सम्पत्ति कर बापत महानगरलाई ३८ लाख रुपैयाँ राजश्व तिर्न बाँकी छ ।
निजी क्षेत्रले मात्र होइन महानगरपालिकालाई सरकारी संस्थानहरूले समेत सम्पत्ति कर नतिर्ने गरेको पाइएको छ । खाद्य संस्थान, साल्ट ट्रेनिङ कर्पोरेसन, नेपाल विद्युत् प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण लगायतका संस्थानहरूले पनि महानगरलाई कर तिरेका छैनन् । प्रत्येक संस्थानसँग ३५ लाख रुपैयाँ भन्दा बढीका दरले कर असुल्न बाँकी रहेको महानगरपालिकाले जनाएको छ ।

विराटनगर महानगरपालिकालाई सरकारी संस्थानहरू नेपाल टेलिकम, नेपाल आलय निगम र दुग्ध वितरण आयोजनाले भने नियमित कर तिर्ने गरेको महानगरको राजश्व शाखाका अधिकृत सरोज गौतमले जानकारी दिए । विराटनगर महानगरपालिकाले ठुला करदाताहरूलाई नियमित कर तिर्न ताकेता गरिरहेको भए पनि बेवास्ता गर्ने गरेको जानकारी दिएको छ ।

‘‘ठुला र सचेत करदाताहरूले नै कर नतिर्ने विडम्बनापूर्ण अवस्था महानगरले व्यहोरिरहेको छ, हामीले पटक पटक ताकेता गरेका छौँ,’ उनले भने, ‘तर, पनि उहाँहरू कर तिर्न चासो देखाउनुहुन्न ।’ कर तिर्न ताकेता गर्दा व्यवसायीहरूले कर्मचारीहरूलाई प्रलोभन दिने, प्रभावित पार्न खोज्नेजस्ता गैर जिम्मेवार व्यवहारसमेत गर्ने गरेको उनले बताए ।

सम्बन्धित समाचार

७ लाख बराबरको अबैध समान बरामद

विराटनगर, माघ १६–मोरङको र झापाको सिमानाकाबाट साढे ७ लाख रुपैयाँ भन्दा बढी पर्ने अबैध समान बरामद भएको छ । बुधबार राति विराटनगर महानगरपालिका–१५ मा भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको करिब ५ लाख रुपैयाँबराबरको...

हिँउने अधिवेशनबाट प्रदेशको नामाकरण हुन्छः मुख्यमन्त्री राई

विराटनगर, १५ मंसिर–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी हिउँदे अधिवेशनको पहिलो प्रस्तावनै प्रदेश नामांकनको विषय हुने बताएका छन् । उनले आगामी हिउँदे अधिवेशनले प्रदेश १ को नाम टुङ्गो लगाउने दावी गर्दै अधिवेशनको पहिलो प्रस्तावनै...

‘तमू ल्होसार’ बिदाको निर्णय भएको छैन, विज्ञप्ति नक्कली हो : गृह मन्त्रालय

काठमाडौं, पुस १४ गते । बिहीबार ‘तमू ल्होसार’को सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना अहिले सामाजिक सञ्जालमा धेरै सेयर भइरहेको छ । गृह मन्त्रालयको लेटर हेडमा नै मिति संशोधन गरेर कोही व्यक्तिले सामाजिक सञ्जालमा राखेपछि उक्त भ्रामक सूचना...

काठमाडौं उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये ६२५ महिला र ८८७ पुरुष...

विश्वराज पोखरेल एआईजीमा बढुवा

काठमाडौं, १५ मंसिर-नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । एआईजीमा बढुवासँगै पोखरेल अहिलेका प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीको अवकासपछि प्रहरी नेतृत्वमा प्रबल दाबेदार रहने...

मोरङ कारागारमा एक जना कैदीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको आइतबार बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ घर भएका ५५ वर्षीय महानन्द राय अमातको मृत्यु भएको कारागारका जेलर चेतराज बरालले बताए ।...

‘ड्रागन’ खेतीमा रमाउँदै भावना, बार्षिक २० लाखको आम्दानी

विराटनगर । नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्न थालेको छ  । ‘ड्रागन फ्रुट’ मा १३ प्रकारका पोषक तत्व हुने भएकाले पनि स्वास्थ्यका लागि लाभदायी रहेको बताइन्छ । अहिले ड्रागन...

नेपाल औषधी व्यवसायी संघ मोरङको सदस्यमा गणेश थापा मनोनित

विराटनगर, चैत ३–नेपाल औषधी व्यवसायी संघ मोरङको सोमवार बसेको बैठकले औषधी व्यवसायी वेदबहादुर थापा (गणेश थापा) लाई कार्य समिति सदस्यमा मनोनित गरेको छ । विराटनगर स्थित संघको कार्यालयमा बसेको बैठकले विराटनगर अस्पताल चौक स्थित कलश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्