नेपाल औषधी व्यवसायी संघ मोरङको सदस्यमा गणेश थापा मनोनित

 न्यूज विराट
नेपाल औषधी व्यवसायी संघ मोरङको सदस्यमा गणेश थापा मनोनित

विराटनगर, चैत ३–नेपाल औषधी व्यवसायी संघ मोरङको सोमवार बसेको बैठकले औषधी व्यवसायी वेदबहादुर थापा (गणेश थापा) लाई कार्य समिति सदस्यमा मनोनित गरेको छ । विराटनगर स्थित संघको कार्यालयमा बसेको बैठकले विराटनगर अस्पताल चौक स्थित कलश फर्माका संचालक एवं लामो समयदेखि औषधी व्यवसाय गर्दै आएका थापालाई कार्य समितिको सदस्यमा मनोनित गरेको हो ।

थापालाई सदस्य पदमा मनोनयन गरेसंगै संघको मोरङ शाखाले पूर्णता पाएको छ । नेपाल औषधी व्यवसायी संघको विधान २०३० को परिच्छेद १२ बमोजीम थापालाई जिल्ला कार्यसमितिको बैठकले मनोनयन गर्ने निर्णय गरेको महासचिव दिनेश ठाकुरले जानकारी दिए । औषधी व्यवसायी संघको विधान अनुसार जिल्ला शाखाहरुमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष,सह–कोषाध्यक्ष र तीन जना सदस्य निर्वाचनबाट चयन हुने र उक्त निर्वाचित समितिले एक जना सदस्य मनोनित गरि १० जनाको समिति बनाउनु पर्ने व्यवस्था गरेको उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिए ।

जिल्ला कार्य समितिका अन्य पदाधिकारी तथा सदस्यहरुको सल्लाह, सुझाव र सिफारिसमा अध्यक्ष लक्ष्मी तिम्सिनाले थापालाई समितिको सदस्यमा मनोनयन गरेको जनाइएको छ । सदस्यमा मनोनयन गरेसँगै थापालाई अध्यक्ष तिम्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रमपछि अध्यक्ष तिम्सिनाले बधाई तथा शुभकामना दिंदै विगतमा झैं आउने दिनमापनि थापाले औषधी व्यवसायीको हक , हितका साथै मर्यादित र स्वच्छ प्रतिष्पर्धात्मक व्यवसाय गराउन उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष तिम्सिनाले नेपाल औषधी व्यवस्था विभाग विराटनगरले औषधी पसल तथा फर्म नविकरण गर्दा अनावश्यक हैरानी दिनेगरेको भन्दै त्यसलाई सहज बनाउन संम्बन्धीत निकायसँग माग गरे । गएको मंसिर २० गते विराटनगरमा भएको मोरङ शाखाको प्रथम जिल्ला अधिवेशनले लक्ष्मी तिम्सीनाको अध्यक्षतामा ९ जना कार्य समितिको पदाधिकारी तथा सदस्यहरु निर्वाचित गरेको थियो । सो अवसरमा नेपाल ओषधी व्यवसायी संघ सुनसरीका अध्क्ष रविन्द्र घिमिरेको समेत सहागीता रहेको थियो ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्