विराटनगर, माघ १६–मोरङको र झापाको सिमानाकाबाट साढे ७ लाख रुपैयाँ भन्दा बढी पर्ने अबैध समान बरामद भएको छ । बुधबार राति विराटनगर महानगरपालिका–१५ मा भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको करिब ५ लाख रुपैयाँबराबरको घडी बरामद भएको हो।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सो सामान सामनहरु बरामद गरेको जनाएको छ । त्यसैगरी, झापाको बाह्रदशी गाउँपालिका–२ का तिलकचन राजवंशीको गोठमा अबैध रुपमा लुकाइ राखेको झण्डै २ लाख ५० हजार रुपैयाँबराबरको सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।