काठमाडौं उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण - News Birat

काठमाडौं उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण

न्यूज विराट
काठमाडौं, २२ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये ६२५ महिला र ८८७ पुरुष रहेका छन् ।

हाल काठमाडौंमा १५ हजार ४ सय ५५, ललितपुरमा २ हजार १ सय ९१ जना र भक्तपुरमा १ हजार २१६ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका मन्त्रालयले जनाएको छ ।

त्यस्तै, काठमाडौंमा ५५ हजार ४८ जना निको भएका छन् भने २७० जनाको मृत्यु भएको छ । ललितपुरमा ७ हजार ७ सय ३४ जना निको भएका छन् भने ६६ जना मृत्यु भएको छ । त्यसैगरी, भक्तपुरमा कुल ५ हजार १ सय ४४ जना निको भएका छन् भने ७० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १० हजार ४२३ नमुना परीक्षण गर्दा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles