भारतमा हिजाब विवादबारे फेरि बाेल्याे पाकिस्तान

 न्यूज विराट
भारतमा हिजाब विवादबारे फेरि बाेल्याे पाकिस्तान

काठमाडौं, ७ फागुन । पाकिस्तानकाे विदेश मन्त्रालयले एकपटक फेरि भारतमा चर्केकाे हिजाब विवादबारे आफ्नाे प्रतिक्रिया दिएकाे छ । विदेश मन्त्रालयका प्रवक्ता इफ्तिखार अहमदले भारतकाे कर्नाटक राज्यमा हिजाब प्रतिबन्ध लगाइएकाेबारे पाकिस्तान चिन्तित रहेकाे बताएका हुन् ।

उनले भनेका छन्, ‘भारतमा मुस्लिम छात्रालाई हिजाब पहिरिन नदिएकाे विषयले पाकिस्तान चिन्तित छ र यसकाे निन्दा गर्छ । यसबारे हामीले इस्लामाबादस्थित भारतीय उच्चायोगलाई समेत अवगत गराएका छाैँ ।हिजाब विरोधी अभियान आरएसएस र भाजपाले चलाइरहेका छन् । याे उनकाे बहुसंख्यकवादकाे राजनीतिकाे हिस्सा हाे ।’

यसअघि पाकिस्तानका विदेशमन्त्री महमुद कुरैशीले पनि हिजाब विवादमा माेदी सरकारकाे आलाेचना गरेका थिए । कर्नाटकमा हिजाब विवादबारे अन्तर्राष्ट्रिय समुदायबाट आएकाे प्रतिक्रियालाई लिएर भारतीय विदेश मन्त्रालयले यसअघि नै जवाफ दिएकाे थियाे ।

हिजाब विवादबारे पाकिस्तान र अमेरिकासहित विभिन्न देशहरूबाट भएको ध्यानाकर्षण र अभिव्यक्ति स्वीकार्य नरहेको भारतले जनाएको थियाे । आन्तरिक मामिलामा कुनै खास उद्देश्यबाट प्रेरित भएको टिप्पणीलाई स्वागत नगरिने भारतले बताएकाे थियाे ।

सम्बन्धित समाचार

दलित समुदायमाथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयनमा जोड

विराटनगर, १८ फागुन । दलित समुदाय माथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रमका सहभागि वक्तहरुले जोड दिएका छन् । मानव अधिकारका लागि श्रोत विकास मञ्च (रिडेफ) नेपालले विराटनगरमा बुधबार आयोजना गरेको दलितका संवैधानिक,...

संघीय सरकारसँग ८ अर्ब १५ करोड बजेट माग गर्ने प्रदेश मन्त्रीपरिषदको निर्णय

विराटनगर, १६ माघ । प्रदेश १ सरकारले प्रदेश राजधानीभित्रका प्रशासनिक संरचनाका लागि जग्गा खोज्न  कार्यदल गनठ गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्त्वमा कार्यदल गठन गरेको...

सकियो नेकपा सचिवालय बैठक

काठमाडौं, २० मंसिर-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि सकिएको हो । आजको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमागी भएका थिए...

यौनिक तथा लैंगीक अल्पसंख्यकलाई राहत वितरण

विराटनगर । विपन्न सामुदायका यौनिक तथा लैंगीक अल्पसंख्यकहरुलाई राहत सामाग्री वितरण गरिएको छ । ७९ जना यौनिक तथा लैंगीक अल्पसंख्यकहरुलाई बुधबार विराटनगरमा राहत सामाग्री वितरण गरिएको हो । समलंगी तथा तेस्रोलीगीहरूको घृणा विरुद्धको दिवसको अवसर...

तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह

काठमाडौं, ४ असार । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचित गरेको छ। शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै...

विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छौँ : प्रिन्सिपल त्रिलोचन गौतम

विराटनगर–११ पाञ्चालीमा रहेको सगरमाथा स्कुलका प्रिन्सिपल हुन, त्रिलोचन गौतम । सगरमाथा स्कुलले स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको उनले बताए । शिक्षासँग केन्द्रित...

लेटाङ बन्यो मिल्स गोल्डकपको च्याम्पियन

mag ko enws 3Download विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको लेटाङ फुटबल क्लबले जितेको छ ।विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न फाइनलमा उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाटलाई १–० गोलले अन्तरले...

इँटा उद्योगका ३ हजार भारतीय मजदुरको घर फर्कने चाहना

भद्रपुर, ३ वैशाख-झापाको इँटा उद्योगमा काम गरिरहेका ३ हजार जना भारतीय मजदुर बन्दाबन्दीका कारण घर फर्किन पाएका छैनन् । उनीहरु अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् । इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्