इँटा उद्योगका ३ हजार भारतीय मजदुरको घर फर्कने चाहना

 न्यूज विराट
इँटा उद्योगका ३ हजार भारतीय मजदुरको घर फर्कने चाहना

भद्रपुर, ३ वैशाख-झापाको इँटा उद्योगमा काम गरिरहेका ३ हजार जना भारतीय मजदुर बन्दाबन्दीका कारण घर फर्किन पाएका छैनन् । उनीहरु अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् ।

इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष गुणराज थापाका अनुसार भारतको विहार र पश्चिम बङ्गालबाट गत असोजमा आएका भारतीय मजदुर चैत अन्तिमतिर काम सकेर घर फर्किने तयारीमा थिए ।

लगातारको बन्दाबन्दीले उनीहरु घर जान पाएनन् । काम लगाउने उद्योगले नै सुरक्षित तवरले खानेबस्ने व्यवस्था मिलाइरहेको छ । झापामा २७ इँटा उद्योग सञ्चालनमा रहेकामा करिब १२ उद्योग बन्दाबन्दीका बेला पनि चालू छन् । पानी पर्न सुरु गरेसँगै इँटा बनाउने काम रोकिएको छ ।

कतिपय भारतीय मजदुर परिवारसहित छन् । तिनका बालबच्चासमेत उद्योगमै छन् । उद्योगले बनाइदिएको अस्थायी आवासमा उनीहरु आफैँ खाना पकाएर खान्छन् ।

उनीहरुलाई चामल, दाल, तेल, नुन र तरकारीलगायतका सामग्री उद्योगीहरुले आवासगृहमै पु¥याइदिने गरेका छन् । बन्दाबन्दीमा उद्योगभित्रै रहेका कामदारको नियमित स्वास्थ्य परीक्षण गरिएको गौरादह वडा नं ८ का वडाध्यक्षसमेत रहनुभएका शिवशक्ति इँटा उद्योगका सञ्चालक सीताराम भट्टराईले बताए ।

उद्योगमा काम नभए पनि मजदुरलाई बिचल्ली नपारिने उनको भनाइ छ । उनीहरुलाई नियमित हात धुने साबुनपानी, मास्क र स्यानिटाइजरको समेत व्यवस्था गरिएको बताउँदै उनले इँटाभट्टामा काम गर्दा समेत सामाजिक दूरी कायम राख्न लगाइएको जानकारी दिए ।

नेपाल इँटा उद्योग सङ्घका केन्द्रीय सहसचिव जगन्नाथ खनालले नेपालका इँटा उद्योगमा रहेका भारतीय मजदुरलाई तन, मन र धनले सहयोग गरिरहेको बताए । रासस

सम्बन्धित समाचार

निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलन गर्ने

काठमाडौं, २८ माघ । निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन सम्बन्धि जानकारी दिने भएको छ । आयोगले आज एक विज्ञिप्ती जारी गर्दै फागुन १ गतेबाट हरेक दिन अपरान्ह ४ बजे आयोगको...

कालिकोट दुर्घटना : २२ जनाको सकुशल उद्धार, ६ जना अझै बेपत्ता

सुर्खेत, २८ जेठ-कालिकोटको लालीघाटमा भएको टिपर दुर्घटनामा २२ जनाको सकुशल उद्धार गरिएको छ । बुधबार बिहान ३९ जना सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । उक्त घटनामा...

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु

विराटनगर । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ को उद्घाटन गर्नु भएको छ। आज विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सभामुख विष्टले फागुन १३ देखि १८ गते सम्म संचालन हुने...

खुकुलो पार्दै मोरङमा एक साता निषेधाज्ञा लम्बियो

विराटनगर, १० भदौ–जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरलगायत मोरङ जिल्लाभरी केही खुकुलो प्राबधानसहित निषेधाज्ञा एक साता थप गरेको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाएर...

भिसा नभएका विदेशी कामदारलाई २ साताभित्र मलेसिया छाड्न आदेश, हजारौँ नेपाली प्रभावित

काठमाडौं, २६ वैशाख-मलेसिया सरकारले अवैध रुपमा लुकेर काम गर्दै आएका आप्रवासी कामदारलाई देश छाड्न अपिल गरेको छ । कडा प्रवन्धबीच औद्योगिक क्षेत्र र मलहरू खुला गरेको मलेसियामा संक्रमितहरूको बृद्धिदर अहिलेकै अवस्थामा रहे त्यसलाई नियन्त्रण गर्न...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा सुकुम्बासी परिवारलाई १०० वटा कम्बल वितरण

विराटनगर, ३ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न सुकुम्बासी परिवारलाई कम्बल वितरण गरेको छ । क्लबले आइतबार जाडोमा समस्यामा परेका विराटनगर वडा नं. १ स्थित सुकुम्बासी बस्तीका एक सय परिवारलाई कम्बल वितरण गरेको...

खोपका लागि विराटनगरका मेयर पराजुलीले गरे अन्तराष्ट्रिय समुदायसँग अपिल

विराटनगर, ५ असार । संघीय सरकारले खोप दिन नसकेको भन्दै विराटनगर महानगरपालिकाले खोप सहयोग गरिदिनको लागि दातृ निकाय तथा विभिन्न भगिनी सहरहरुलाई अपिल गर्ने भएको छ । आज महानगरका मेयर भीम पराजुलीले विज्ञप्ती जारी गर्दै...

विशाल चोकका १ सय बढी परिवारलाई राहत वितरण

विराटनगर, चैत २२-विराटनगरका युवा नेता मो. आजमको पहलमा १०० वढी विपन्न परिवारलाई राहत वितरण गरिएको छ । आलमको पहलमा विराटनगर डा न. ५ स्थित विशाल चोकका अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्