दलित समुदायमाथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयनमा जोड

 न्यूज विराट
दलित समुदायमाथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयनमा जोड

विराटनगर, १८ फागुन । दलित समुदाय माथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रमका सहभागि वक्तहरुले जोड दिएका छन् । मानव अधिकारका लागि श्रोत विकास मञ्च (रिडेफ) नेपालले विराटनगरमा बुधबार आयोजना गरेको दलितका संवैधानिक, कानुनी सवाल र कार्यान्वयनको अवस्था विषयक अन्तरकृया कार्यक्रमका सहभागि वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रकी प्रदेश सांसद उमिता बराइलीले राजनीतिक शक्तिकै आडमा दलित समुदायमाथि गर्ने पिडकले उन्मुक्ति पाउने गरेको बताइन् । उनले.राजनीतिक दवावकै कारण कानुन कार्यान्वय गर्ने निकाय प्रभावित बन्ने गरेका कारण कतिपय अवस्थामा पिडित पक्षले न्याय नपाउने अवस्थासमेत सृजना हुदै आएको आरोप लगाइन् ।

सांसद बराइलीले दलित समुदायमाथि हुने सवै प्रकारका विभेद अन्त्य गर्न बनेका ऐन÷कानुनहरु कार्यान्वयन गरिए मात्र त्यसले सार्थकता पाउने र सिंगो दलित समुदायले न्यायको अनुभूति गर्न पाउने बताइन् ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका निर्देशक नीतु गड्तौलाले जातीय विभेद, छुवाछुत लगायतका सवैप्रकारका घट्नामा प्रभावकारी अनुसन्धान हुनुपर्नेमा जोड दिइन् । उनले कानुन कार्यान्वयन गर्ने राज्यका निकायप्रती जनतालाई विश्वासको वतावरण सृजना गर्नुपर्ने बताइन् ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक मानबहादुर राईले जातीय विभेदविरुद्ध किटानी जाहेरी दिएकै आधारमा मात्र कसैलाई तत्कालेै पक्राउ गर्न नमिल्ने बताए । उनले प्रहरीले जहिल्यै पीडित पक्षलाई न्याय दिलाउन लागि परेको दावी गर्दै कतिपय अवस्थामा समस्या सृजना हुनेगरेको बताए । उनले छुवाछुत र जातीय विभेद दण्डनीय अपराध भएकाले पिडक कसैले उन्मुक्ति नपाउने बताए।

कार्यक्रममा रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माले दलित समुदायका सवालमा बनेका ऐन, कानुन र नीति÷नियम व्यवहरीकरुपमा कार्यान्वयन नहुनु मुख्य चुनौती भएको बताए ।

सो अवसरमा राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष किशोर विश्वकर्माले दलित समुदायका सवाल र सरोकारका विषयहरुलाई सञ्चारमाध्यामहरुले प्रथामिकताका साथ प्रकाशन÷प्रशारण गर्नुपर्नेमा जोड दिए ।

उनले राष्ट्रिय दलित पत्रकार संघमा आवद्ध पत्रकारहरुले देशव्यापीरुपमा पेशागत र सिंगो दिलित समुदायका सवालहरु उठान गर्दै आएको बताए । कार्यक्रममा दलित अधिकारका क्षेत्रमा काम गर्दै आइरहेका विभिन्न संगठनका प्रतिनिधि, दलित अगुवाहरुलगायत सरकोरावाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक संस्था रिडेफ नेपालका सचिव कपिल सुनारले जानकारी दिए ।

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना...

दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

बुटवल, कात्तिक १ । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा डुवेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका ४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।...

विराटनगरका सरसफाईकर्मीहरुलाई न्यानो कपडा वितरण

विराटनगर । विराटनगरका सरसफाईकर्मीहरुलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनले न्यानो कपडा वितरण गरेको छ । विराटनगरस्थित सिटी प्यालेसमा एक कार्यक्रमका बिच सरसफाईको काम गर्ने केसालिया क्षेत्रको मरिक समुदायलाई क्लबले न्यानो कपडा वितरण गरेको हो ।...

सकियो अपाङ्गता समावेशी रोजगार मेला

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने अपाङ्गता समावेशी रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, राष्ट्रिय अपाङ्ग महासघं, करुणा फाउन्डेसन नेपाल,...

एमालेको अवरोधकाबीच विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । एमालेको नाराबाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट बहुमतले...

लिग वानमा साविक विजेता पीएसजीको पहिलो जीत

एजेन्सी, १ असोज-फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलो जीत हात पारेको छ । पीएसजीले पहिलो जितका लागि तेस्रो खेल पर्खिनुपरेको हो । बुधबार राति भएको खेलमा पीएसजीले मेट्जमाथि १–० को कठिन...

पञ्जाबमा अदालतभित्रै विष्फोट, दुई जनाको मृत्यु

एजेन्सी, ८ पुस । भारतको पञ्जाबस्थित लुधियाना अदालत परिसरमा विष्फोट भएको छ । विष्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विष्फाेटमा अन्य केही घाइते भएका छन् । अदालत भवनको दोस्रो तलामा...

प्रदेश १ मा ३१३ जनामा कोरोना संक्रमण

विराटनगर, ३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्