नेपाल बन्द प्रभावहीन बनाउन गृह मन्त्रालयको निर्देशन, भोली विराटनगरका स्कुल/कलेज बन्द

 न्यूज विराट
नेपाल बन्द प्रभावहीन बनाउन गृह मन्त्रालयको निर्देशन, भोली विराटनगरका स्कुल/कलेज बन्द

विराटनगर, ३ फागुन । विभिन्न ६ वटा पार्टीले भोली गरेको नेपाल बन्दलाई प्रभावहीन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर गरेको हो ।

मन्त्रालय अन्तरगतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सबै जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउन निर्देशन दिएको हो ।

गृहले बन्दमा कानुन विपरितका गतिविधि हुन नदिन उच्च सतर्कता र निगरानी बढाउन मातहतका निकायलाई निर्देशन दिएको हो ।
बन्दको हल्लासँगै भोली विराटनगरका शिक्षण संस्थाहरु पनि बन्द रहने भएका छन् । विराटनगरका अधिकाश स्कुल कलेज भोलि बन्द हुने भएको हो । स्कुल तथा कलेजले भोली विदा दिएका छन् ।

अमेरिकी सहायता परियोजना एमसीसीको विरुद्धमा विभिन्न छ वटा कम्युनिष्ट पार्टीले भोली नेपाल बन्दको घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी, देशभक्त गणतान्त्रीक मोर्चा नेपाल, बैज्ञानिक समाजवार्दी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र नेकपा माओवादी केन्द्र समाजवादीले संयुक्तरुपमा नेपाल बन्दको घोषणा गरेका हुन् ।

राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा भोली नेपाल बन्द गरौँ भन्ने नारासहित पार्टीहरुले बन्दको आब्हान गरेका हुन् । सोही बन्दलाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम राख्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको हो ।

सम्बन्धित समाचार

भारतीय सञ्चारमाध्यममा ‘ग्रेटर नेपाल’, भन्छ–सुगौली सन्धिमा नक्सा टुंगो लागेको थिएन

एजेन्सी, जेठ २२-नेपाल र भारतबीच पछिल्लो समयमा सीमा विवाद उत्कर्षमा छ । दक्षिण एसियामा भारत एकैपकट नेपाल, पाकिस्तान र चीनसँग सीमा विवादमा अल्झिएको छ भने बंगलादेशसँग सीमा विवाद पुरानै समस्या हो । यस्तो अवस्थामा भारतका...

अटोमोबाइल र मेकानिकल इञ्जिनियरिङ सञ्चालन गर्दै सेना

काठमाडौं, चैत २–नेपाली सेनाले मुुलुकमा निर्माण हुने ठूला आयोजना र सङ्गठनलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्राविधिक...

दरबन्दी थप गरिनुपर्ने लगायतका तीन बुद्धे माग राख्दै पुर्व राष्ट्रपतिलाई चिकित्सकले बुझाए ज्ञापनपत्र

विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाका पदाधिकारीहरुले पुर्व राष्ट्रपति विद्या देवी भण्डारीसंग भेटेर विभिन्न तीन बुद्धे माग राखेका छन् । उनीहरुले विराटनगरमा पुर्वराष्ट्रपति भण्डारीसँग भेटेर विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । पछिल्लो समयमा रेजिडेन्ट...

बुढिगंगामा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर, ६ मंसिर । मोरङको बुढिगंगा गाऊपालिका ४ स्थित बागमती मोलडिङ्ग ईन्ड्रेष्ट्रि प्रा.लि. मा काम गर्ने मजदुर सोही स्थानका ४४ बर्षीय कलरु कुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे उनि...

पृथ्वीबहादुरको रकम फिर्ता गरिदिन अर्थमन्त्रीबाटै दबाव आयो : अधिकारी

काठमाडौं, बैशाख ६ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धिकरणको आरोपमा फाइलहरु छानबिन भइरहेको अवस्थामा अर्थमन्त्री जनार्दन शर्माले पटक–पटक बैंकखाता फुकुवा गरिदिन दबाव दिएको खुलाशा गर्नुभएको छ । आफूलाई गैरकानूनी रुपमा निलम्बन...

आर्मी हुँ भन्दै ठग्ने कारागार चलान

आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ । उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर...

रोटरीको लोगो भएको जुटको झोला वितरण

विराटनगर । प्लास्टिक झोलालाई होइन भनौ अभियान अन्तर्गत जुटबाट निर्मित झोला वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आदर्श विद्यालयमा आयोजना गरेको तीन महिने सिलाई तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई २० वटा वातावरणमैत्री जूटका...

बजार नपाएपछि बाख्रालाई घाँस तेजपत्ता 

 झापा,  १८ असोज-विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्