बुढिगंगामा करेन्ट लागेर १ जनाको मृत्यु - News Birat

बुढिगंगामा करेन्ट लागेर १ जनाको मृत्यु

न्यूज विराट

विराटनगर, ६ मंसिर । मोरङको बुढिगंगा गाऊपालिका ४ स्थित बागमती मोलडिङ्ग ईन्ड्रेष्ट्रि प्रा.लि. मा काम गर्ने मजदुर सोही स्थानका ४४ बर्षीय कलरु कुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो बेलुका ५ बजे उनि हात खुट्टा धुन भनि सोही फ्याक्ट्रीमा जडान भएको कलको मटर  चलाउदा अचानक करेन्ट लागि गम्भिर घाईते भई उपचारको लागी बिराट मेडिकल कलेज गंगाचौक लगिएको थिए ।

घाईते खवासको उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles