बजार नपाएपछि बाख्रालाई घाँस तेजपत्ता 

 न्यूज विराट
बजार नपाएपछि बाख्रालाई घाँस तेजपत्ता 

 झापा,  १८ असोज-विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा परेका छन् ।

मेचीनगर नगरपालिकाको वडा नम्वर १,२,३,४ र ५ मा फैलिएको साविक बाहुनडाँगी गाविसमा करिब एक हजार किसानले आफ्नो खेतबारीमा तेजपत्ताको बोट हुर्काएका छन् । विगतमा भारतीय बजारमा लैजाने विचौलिया व्यापारी तेजपत्ता किन्न गाउँगाउँ डुल्थे । यसपाली कोरोनाको डरले बाहिरबाट व्यापारी आएका छैनन् ।

चिया, मसला र औषधीको रुपमा प्रयोग हुँदै आएको तेजपत्ताको बोट हुर्किएको तेस्रो वर्षदेखि हरेक वर्ष तीनपटक यसको पात टिपेर उत्पादन गरिन्छ । सुगन्धित र स्वादिष्ट हुने भएकोले खानेकुरामा पकाएर समेत यसको उपभोग हुने गरेको छ ।

मेचीनगर–४ आमडाँगीमा १५ विगाहा निजी जग्गामा चियाखेती गर्दै आएका व्यावसायिक किसान रबि नेपालले चियाको बोटलाई छायाँ दिन पाँच हजारभन्दा बढी तेजपत्ताको बोट हुर्काएका छन् ।

बाहुनडाँगीमा एक सयदेखि १० हजार बोटसम्म तेजपत्ता हुर्काएका किसानको सङ्ख्या एक हजारसम्म हुनसक्ने उनले बताए । तर कति किसानले यसको खेती गरेका छन् र यसबाट के कस्तो लाभ भइरहेको छ भन्ने बारेमा अहिलेसम्म सरकारी तहबाट खोज भएको छैन ।

बजार नपाएपछि बाख्रालाई घाँस

बाहुनडाँगीमा मात्र ५० देखि ६० करोड रुपैयाँ मूल्य बराबरको तेजपत्ता वर्षेनी उत्पादन हुने देखिन्छ । बजारिकरण हुन नसकेर तेजपत्ता बोटमै खेर गइरहेको र कतिपयले बाख्रालाई घाँस खुवाउने गरेको पाइएको छ ।

विसं २०६७ देखि तेजपत्ता खेतीमा लागेका नेपाल बन्धु कृषि फर्मका सञ्चालक रबि नेपाल आफुले अलिकति भए पनि प्रशोधन र ब्रान्डिङ गरेर प्रदेश १ को अधिकांश बजारमा तेजपत्ताको विक्री गर्दै आएको बताए ।

दशैँ, तिहार जस्ता चाडबाडका बेला विगतमा तेजपत्ताको माग ह्वात्तै बढ्थ्यो । यसपाली कोभिड–१९ को महामारीका कारण बजार सुस्ताएको हुँदा विगतको जस्तो भारतीय बिचौलियाहरु काँचो तेजपत्ता किन्न घरघरै नआएको स्थानीय किसानहरु बताउँछन् । किन्ने भारतीय व्यापारी नआएपछि हुर्किएको तेजपत्ता कि बोटमै खेर जान्छ, कि त बाख्रालाई घाँसको रुपमा खुवाउन बाध्य छन् किसान ।

अन्तर्राष्ट्रिय बजारको खोजी

तेजपत्ताको माग अन्तर्राष्ट्रिय बजारमा राम्रो रहेको हुँदा यसको बजार विदेशमा समेत खोज्न सकिने नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्काले बताए ।

बङ्गलादेश लगायतका तेस्रो मुलुकमा नेपाली कृषि र जडिबुटीजन्य उत्पादनको निर्यात सम्भावना भए पनि नेपालले नै माग बमोजिमका बस्तु लैैजान नसकेको उनको भनाई छ ।

तेजपत्ता अहिले पनि भारतबाट आयात भइरहेको पाइएको हुँदा नेपाली उत्पादनलाई स्वदेशी बजारमै बिक्री हुने वातावरण तयार पार्ने विषयमा प्राथमिकता दिइनु पर्ने महासङ्घका प्रदेश अध्यक्ष खड्काले जोड दिए ।

जिल्ला बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले व्यवसायीहरुले आफ्नो पालिकाको वडा कार्यालयबाट सिफारिस लिएर आएमा निर्यातको स्वीकृति दिइने बताए । मेचीनगरबाट केही व्यवसायीहरु तेजपत्ताको निर्यात अनुमतिका लागि आएको घिमिरेले जानकारी दिए ।

हात्ती आतंकले तेजपत्तको खेती सुरु

हात्ती आतंक उग्र बन्दै गएपछि बाहुनडाँगीमा हात्तीले नखाने र किसानलाई फाइदा हुने वैकल्पिक खेतीको रुपमा तेजपत्ता र चिया खेती बिस्तार भएको स्थानीय सामाजिक अभियन्ता गोविन्द न्यौपानेले बताए ।

अलिअलि गर्दै अहिले ठूलो मात्रामा खेती बिस्तार भइसकेको हुँदा सरकारले किसानले उत्पादन गरेको तेजपत्ताको बजारिकरणमा सघाउनु पर्ने उनको धारणा छ ।

हात्तीले खेतीबाली नष्ट गर्न थालेपछि चिया र तेजपत्ता खेती गर्न विज्ञहरुले सुझाउन थाले । किसानहरुले धमाधम धान खेत मासेर कसैले चिया र धेरैले तेजपत्ता खेती सुरु गरेका थिए । अहिले तिनै तेजपत्ताको बोट हुर्किएपछि उत्पादन बढेको छ । तर बजारको खोजीतर्फ कसैको ध्यान गएन।

बल्ल एउटा प्याकेजिङ उद्योग

तेजपत्ताको उत्पादन सुरु भएको एक दशक बितिसक्दा यसको प्याकेजिङ गर्ने बल्ल एउटा उद्योग खुलेको छ । चिया, सुपारीलगायतका नगदे बालीको व्यावसायिक खेती गर्दै आएका रवि नेपालले नै तेजपत्ताको प्याकेजिङ गर्ने नेपाल बन्धु कृषि फर्म सञ्चालन गरेका हुन् ।

घरमै सञ्चालित प्याकेजिङ उद्योगमा स्थानीय १५ जना महिलाले रोजगारी पाएका छन् । उद्योगमा मरिच, कागती र तेजपत्ताको प्याकेजिङ हुँदै आएको छ ।

दशैँको समयमा पाँच हजार केजी तेजपत्ता प्याकेजिङ गरिसक्ने उहाँको योजना छ । छरछिमेकीले उत्पादन गरेको तेजपत्ता समेत किनेर उनले प्याकेजिङ गर्दै आइरहेका छन् ।

मानव स्वास्थ्यमा तेजपत्ताको गुण   

समुद्र सतहबाट १ सय देखि २ हजार ५ सय मिटरसम्मको उचाईमा फस्टाउने तेजपत्ताको वैज्ञानिक नाम ‘सिन्नामोमम तामला’ हो । यसको सदावहार झुप्प पात हालेको रुख हुन्छ । झापाको बाहुनडाँगी भूबनोटका हिसाबले तेजपत्ता खेतीका लागि अनुकूल भएको बताइएको छ ।

भिटामिन ए र सीका साथै फोलिक एसिड नामक तत्व पाइने तेजपत्तालाई औषधीय गुणयुक्त मानिएको छ । क्यान्सर, मधुमेह र पेटसम्बन्धी समस्यामा यसको उपभोग फाइदाजनक हुने अनुसन्धानबाट देखिएको छ ।

कपर, पोटासियम, क्याल्सियम र आयरनजस्ता मानव स्वास्थ्यका लागि अति आवश्यक पोषक तत्व तेजपत्तामा पाइन्छ । कब्जियत र एसिडिटीको समस्यामा तेजपत्ताले औषधीकै काम गर्छ । रासस

सम्बन्धित समाचार

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज विमानस्थलबाट पक्राउ

एजेन्सी, २० मंसिर । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ’लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन्। प्रहरीका अनुसार उनी विदेश जाँदै...

चितवनमा बोरिङ खन्दा सुनजस्तै धातु देखिएपछि…

चितवन, ६ असार-चितवनको कालिका नगरपालिका-१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख...

प्रदेश १ः सांसद न्यौपानेले भने–यो सरकारले धराहरा पनि भत्काउने, रानी पोखरी भत्काउने र सगरमाथाको उचाई घटाउने हो ?

विराटनगर, २१ साउन । संघीय सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै प्रदेश १ को प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका सांसदले आक्रोश पोखेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा एमालेका सांसद तुलसीप्रसाद न्यौपानेले भूमि सम्बन्धी...

कटहरी गाउँपालिकाद्वारा प्रहरीलाई साइकल र प्राविधिक सामाग्री वितरण 

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले प्रहरीलाई साइकल र प्राविधिक सामाग्री वितरण गरेको छ । कटहरी गाउँपालिका परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी  मोरङ प्रहरी र ट्राफिक प्रहरीलाई  १० थान साइकल, १ थान कम्प्युटर, १ थान...

संविधान संशाेधन प्रस्ताव दर्ता गर्दै राजपा

काठमाडाैं, १६ जेठ-राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) ले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । शुक्रबार साँझ संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गर्ने तयारीस्वरूप साे पार्टीका नेताहरू अहिले छलफलमा छन् । राजपाका...

बझाङमा क्वारेन्टाइनमा बसेका युवकद्वारा आत्महत्या

बझाङ, ८ असार-बझाङमा क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाकाे बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन् । ३ दिन अघि मात्र भारतको...

कोशी अस्पतालमा बेथीति प्रकरण, आफु निकटको चिकित्सक नियुक्त गर्न खोलिएको विज्ञापन स्थगित

विराटनगर । चौतर्फी विरोध भएपछि विराटनगरस्थित कोशी अस्पतालमा आफु निकटको चिकित्सक नियुक्त गर्न आव्हान गरिएको विज्ञापन स्थगित गरिएको छ । अस्पताल प्रशासनले बुधबार सूचना जारी गरि फागुन ११ गतेको लागि लिने भनिएको अन्तर्वार्ता अर्को सूचना...

अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गर्नुको विकल्प छैन : मेयर

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गरिने बताएका छन् ।विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउँदै उनले अब पनि सुधार नभए मर्चमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्