दरबन्दी थप गरिनुपर्ने लगायतका तीन बुद्धे माग राख्दै पुर्व राष्ट्रपतिलाई चिकित्सकले बुझाए ज्ञापनपत्र

 न्यूज विराट
दरबन्दी थप गरिनुपर्ने लगायतका तीन बुद्धे माग राख्दै पुर्व राष्ट्रपतिलाई चिकित्सकले बुझाए ज्ञापनपत्र

विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाका पदाधिकारीहरुले पुर्व राष्ट्रपति विद्या देवी भण्डारीसंग भेटेर विभिन्न तीन बुद्धे माग राखेका छन् । उनीहरुले विराटनगरमा पुर्वराष्ट्रपति भण्डारीसँग भेटेर विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

पछिल्लो समयमा रेजिडेन्ट डाक्टरहरुको निर्वाह भत्ताको विवादले चलिरहेको आन्दोलन, रेजिडेन्ट डाक्टरहरुले गरेको आत्महत्या, चिकित्सकहरुको विदेश पलायन तथा जनसंख्या बृद्धिसंगै चिकित्सकहरुको नयाँ दरबन्दी थप्नुपर्ने लगायतको माग राखेर पुर्वराष्ट्रपति भण्डारीलाई भेटेको नेपाल चिकित्सक संघ कोशी शाखाका महासचिब डा. बालकृष्ण साहले जानकारी दिए ।


२०४८ सालमा कायम गरिएको दरबन्दीमा पनि करिब ५० प्रतिशत रिक्त रहेकोमा चाँडै लोक सेवामा मार्फत पदपूर्ति गरिनुपर्ने माग राखिएको संघका अध्यक्ष डा. राजेन्द्र चौधरीले बताए ।
संघले पुर्व राष्ट्रपति भण्डारीलाई बुझाएको आधिकारिक ध्यानाकर्षण पत्रमा मुख्य ३ समस्या औल्याएका छन् । जसमा पहिलो र ज्वलन्त मुद्दा आवसीय चिकित्सकहरुको समस्यालाई उजागर गरेको छ । ‘समस्या मुलुकमा आवसिय चिकित्सकहरुको निर्वाह भत्ताको सन्दर्भमा मुलुक भरी आवसिय चिकित्सकहरु को आन्दोलन चलिनै रहेको छ । निर्वाह भत्ताको सन्दर्भमा एकातिर कुरा छदैछ अर्को तर्फ आवसिय चिकित्सकहरुको काम गर्ने डियुटि आवरका साथै चिकित्सकको स्वास्थ्य अवस्थाको समेत ख्याल गर्नुपर्ने जरुरी देखिन्छ । आवसिय चिकित्सकहरुको मानसिक स्वास्थ्यको सन्दर्भमा हेर्दा हालै पन्ध्र दिनको अन्तरालमा नेपालको प्रतिष्ठित दुई सस्थामा दुई आवसिय चिकित्सकहरुले आत्महत्या गरेको कुरा लाई गम्भिर रुपमा हेर्नूपर्ने जरुरी छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
पुर्वराष्ट्रपति भण्डारीलाई संघका तर्फबाट अध्यक्ष डा. राजेन्द्र चौधरी, महासचिव डा. बालकृष्ण साह, सदस्य द्वय रितेश कुमार सिंह र प्रेक्षा दली, कल्चर समितिका डा. मिरा आचार्य र सल्लाहकार डा. मोहन खड्काले भेटेका थिए ।

सम्बन्धित समाचार

जलाधारको संरक्षणले सिङ्गो सहरलाई संरक्षित गर्न सकिन्छ : केदार कार्की

इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जलाधार क्षेत्रको संरक्षणले सिङ्गो सहरलाई संरक्षण गर्न सकिने उल्लेख गरेका छन् । शनिवार हसिना सिमसार परिसरमा आयोजित वृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले जलाधार र जङ्गल क्षेत्रको विनासका...

विराटनगरबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले गाँजासहित दुई जना युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी (बिओपी) रानीले विराटनगर १६ हुलास चौकबाट गाँजासहित दुई जना युवालाई मङ्गलवार पक्राउ गरेको हो । स...

बेपत्ताकाे खाेजीमा खटिएका प्रहरी चढेकाे डुङ्गा दुर्घटना, १ जना घाइते

काठमाडाैं, १ साउन-मेलम्ची खानेपानी आयोजनाको गेट फुटेर हराइरहेकाहरूकाे खाेजीमा खटिएकाे सशस्त्र प्रहरीको डुङ्गा दुर्घटनामा परेकाे छ ।मंगलबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको अम्बाथान अडिटको १७ नम्बर गेट फुटेर निस्किएको पानीले २ जनालाई बेपत्ता पारेकाे थियाे । उनीहरूकाे खाेजीमा विपद्...

‘कोरोना भाइरस हावाबाट फैलिने’ प्रमाण डब्लूएचओले स्वीकार्‍याे

काठमाडाैं, २४ असार-कोरोना भाइरस ‘हावाबाट फैलिने’ प्रमाण फेला परेको छ । यस्तो प्रमाण भेटिएको कुरा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) स्वीकार गरेको छ ।यसअघि वैज्ञानिकहरूको समूहले डब्लूएसओलाई पत्र पठाउँदै आफ्नो विद्यमान दिशानिर्देशमा सुधार गर्न अपिल गरेको...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बनायो छात्राका लागि शौचालय

विराटनगर । रोटरी क्लव विराटनगर डाउनटाउनले गायत्री संस्कृत विद्यालय विराटनगरमा छात्राहरूका लागि शौचालय ब्लक बनाइदिएको छ । रोटरीको यो परियोजना निर्माणलाई काठमाडौं लायन्स क्लबले लायन्स राजधानी सेवा केन्द्र, जिल्ला ३२५ एचको सहकार्य र आर्थिक सहयोग...

त्रिवि शिक्षण अस्पतालका थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं, ३० साउन-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।शुक्रबार ८ जना स्वास्थ्यकर्मीको कोरोना देखिएको हो । ‘८ जनालाई पोजिटिभ देखिएको छ,’ अस्पतालका कोभिड टिमका संयोजक डा. सन्तकुमार दासले भने,...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित पाँच क्लबद्वारा सेरेब्रल पाल्सी र डाउन सिन्ड्रोमका विषयमा सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित पाँच क्लब मिलेर सेरेब्रल पाल्सी र डाउन सिन्ड्रोमका विषयमा सचेतना मुलक कार्यक्रम आयोजना गरेका छन् । रोटरी क्लब अफ डाउनटाउन विराटनगर र यसका अन्य पाँच होस्ट क्लबहरू आरसी...

यस कारण बन्द भयो विराटनगरको संजीवनी हस्पिटल, बजारको ४० करोड ऋण तिर्न बाँकी

विराटनगर । आर्थिक रूपले टाट पल्टिएपछि आन्तरिक विवादको कारणले विराटनगरको हस्पिटल चोकमा रहेको संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लि. बन्द भएको छ । नयाँ सेयर सदस्यहरूबीचको विवादका कारण बजारको ४० करोड रूपैयाँ ऋण नतिरी ५०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्