आर्मी हुँ भन्दै ठग्ने कारागार चलान

 न्यूज विराट
आर्मी हुँ भन्दै ठग्ने कारागार चलान

आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ ।

उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर नगरपालिकासमेत गरी १० जनाबाट जम्मा रु ५७ लाख ८६ हजार ठगी गरेको जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा जिल्ला अदालतले शुक्रबार रु ६२ लाख ५० हजार धरौटी माग गरेको थियो ।

सोही मागबमोजिमको धरौटी राख्न नसकेको हुँदा उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनले पसलेलाई प्रलोभनमा पारी प्रदीप कार्की, राजन काफ्ले, दुर्गा कार्की हुँ भन्दै ठाउँअनुसार परिचय फेर्दै ठग्ने गरेको अनुसन्धानको क्रममा पाइएको उनको भनाइ छ ।

राउतका नाममा मोरङ, सुनसरी, उदयपुरलगायतका विभिन्न जिल्लामा समेत मुद्दा दर्ता भएको छ । उनी भद्रपुर नगरपालिका– १० मा बस्दै आएका थिए । रासस

सम्बन्धित समाचार

आइसोलेसन तोडफोड आरोपमा क्याम्पस प्रमुख तिम्सिना पक्राउ

सङ्खुवासभा, ६ भदौ-संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आज...

विराटनगरमा नगेश र सागरको मतान्तर ४९१९

विराटनगर, ५ जेठ । विराटनगर महानगरपालिकाको जारी मतगाणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले सुरुदेखि अहिलेसम्म अग्रता कायम राखेका छन् । उनले लगातार फाराकिलो मतान्तर बढाउँदै लगेका हुन् । भर्खरै सार्बजनिक मतपरिणाम...

जापानबाट २ नेपाली र जापनी राजदूत ल्याएर फर्कियो नेपाल एयरलाइन्स

काठमाडौं, ३ जेठ-नेपाल एयरलाइन्सले जापानामा रहेका २ जना नेपाललाई सशर्त नेपाल ल्याएको छ । शुक्रबार जापानको लागि उडान गरेको नेपाल एयरलाइन्सले शनिबार २ नेपालीसहित नेपालका लागि जापानाका राजदूतलाई बोकेर फर्किएको अध्यागमन विभागले जनाएको छ ।...

घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र

काठमाडौं, १२ जेठ-अरबी पात्रो हिजरी संवतअनुसार १० औँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् ।  १० औँ महिनाको पहिलो दिन...

जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान

जनकपुरधाममा पनि अब कोरोना भाइरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा प्रोटेबल पीसीआर मेसिनको जडान गरिएसँगै यहाँ पनि कोरोना परीक्षण सुरु भएको हो ।प्रदेश–२ मा पनि जनकपुरधाममा कोरोना परीक्षण मेसिन उपलब्ध...

राजवंशी (विराट) लाई १२८ औं जातिजातिमा सूचिकृत गरिने–मन्त्री ढकाल

विराटनगर,६ फागुन । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट)लाई १२८ औ जातजातिमा सूचिकृत गर्ने बताएका छन् । राजवंशी समाज उत्थान समिति(विराट)केन्दीय कार्यालयद्वारा आज यहाँ आयोजित १४ औं वृहत भेलामा...

सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव

विराटनगर, २६ वैशाख ।सुनवर्षी नगरपालिकाका लागि सदानन्द यादव कुनै नौलो मान होइन । उनी आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका छन् । युवा अवस्थादेखि नै राजनीतिमा सकृय रहेका...

कोशी अस्पताल अगाडिको सटरमा डोजर, भाडा बापतको ८४ लाख बढी बक्यौता उठाउन बाँकी

विराटनगर – विराटनगरस्थित कोशी अस्पताल परिसर भित्र रहेको ७ वटा होटल डोजर लगाएर खाली गराएको छ । बिहीबार वर्षौदेखि भाडा नतिरी बस्दै आएका ७ वटा सटर हस्पिटलले विराटनगर महानगरपालिकाको डोजर लगाएर खाली गराएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्