विराटनगरको बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

 न्यूज विराट
विराटनगरको बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर, १ पुस । निरन्तर विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

क्लबले विराटनगर बखरीस्थित बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । बुधबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई विद्यालय पोशाक, जाडोमा लगाउने न्यानो कपडा (स्वीटर), ब्याग, जुत्ता, मोजा, कापि, इरेजरसहितको पेन्सिल बक्स, र खाजा वितरण गरेको हो ।

त्यस्तै क्लबले उनीहरुलाई विद्यालय आउन र विद्यालयबाट घरसम्म जानका लागि यातायातको समेत व्यवस्था गरेको छ । क्लबले विद्यार्थीलाई विद्यालयसम्म आउन क्लबकी सर्भिस प्रोजेक्ट चेयर गिरिजा सारडाले सबै सामग्रीको व्यवस्थापन गरेकी हुन् । त्यसका लागि डिस्ट्रीक्ट अफिसर किरण कर्ण, अर्चना शर्मा, अर्चना तापडिया र दिप्ती तोदीले विषेश योगदान गरेका थिए ।

बालबालिकालाई वितरण गरिएको जुत्ता कुसुम चेनवाला र कापिहरू स्वेथी राठीले योगदान गरेकी हुन् । कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउन टाउनकी अध्यक्ष संचिता जैन, सचिव अनिता डारडा, जनसम्पर्क अधिकारी मञ्जु अग्रवाल, किरण कर्ण, दिप्ती अग्रवाल, अर्चना तापडिया, रेखा राठी, कुसुम चैनवाला, श्रुती साह, देवांश राठी र लावण्य सारडाको उपस्थिती रहेको थियो ।

र विद्यालयबाट घरसम्म पुग्नका लागि मासिक १० हजार रुपैयाँ भाडा दिने गरि सिटी रिक्साको समेत व्यवस्था गरिदिएको छ । सिटी रिक्साले विद्यार्थीलाई दैनिक विद्यालय र विद्यालयबाट घरसम्म पुर्याउने रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष संचिता जैनले बताइन् ।
शैक्षिक सामाग्री, खाजा र यातायातको सुविधा पाएपछि विद्यार्थीहरु हर्षित भएका छन् ।

 

सम्बन्धित समाचार

विवाद साम्य पार्न तीव्र छलफलमा नेकपा नेता

काठमाडाैं, २२ असार-शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाे भन्दै साेमबारका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित भयाे । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा...

घरेलु तथा साना उद्योगका समस्या समाधान गर्न माग

विराटनगर, फागुन २२–घरेलु, लघु तथा साना उद्योगीहरुका समस्या सम्बोधन गर्न माग गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाईमा उद्योगीहरुले प्रदेश नं. १ का उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री बिजय बिस्वासलाई...

पर्यटन प्रवद्र्धनका लागि विराटनगरबाट मोटर र्याली निकालिने

विराटनगर, ६ चैत । प्रदेश १ को आन्तरिक पर्यटन प्रवर्धनका लागि आठ सय किलोमिटरको मोटर ¥याली निकालिने भएको छ। नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा चैत १२ गते विराटनगरबाट सुरु हुने मोटर¥याली चैत १४...

लेखा परीक्षक घिमिरेको मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको आफन्तको गुनासो

विराटनग, माघ १३-सिंघीया खोलामा मृत भेटिएका विराटनगरका लेखा परीक्षक प्रबल घिमिरेको मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान प्रभावकारी रुपले अघि नबढेको आफन्तले गुनासो गरेका छन् । घटनाको एकसाता बित्न लाग्दासमेत मृत्युको रहस्य खुल्न नसक्नु आश्चर्यजनक रहेको उनीहरुको...

सनसिटीका २ कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं, ११ वैशाख-पाटन अस्पतालमा उपचार गराई रहेका सनसिटी अपार्टमेन्टका २ जना घर फर्किएका छन् । उनीहरू संक्रमण मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उक्त अपार्टमेन्टमा बस्ने एकै...

अंग्रेजी भाषा मात्र सवैथोक होइनः मन्त्री घिमिरे

विराटनगर, ३ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गरे । सामाजिक विकास मन्त्रालयद्धारा सोमबार...

आज देशभर थपिए १ हजार १६ कोरोना संक्रमित

काठमाडौं, २ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’लाई आपत्कालीन प्रयोगका लागि अनुमति

काठमाडौं, २ माघ-नेपालले भारतीय कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको 'कोभिशिल्ड' नामक कोरोना भाइरसविरुद्धको खोपलाई नेपालमा आपत्कालीन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्