लेखा परीक्षक घिमिरेको मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको आफन्तको गुनासो

 न्यूज विराट
लेखा परीक्षक घिमिरेको मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको आफन्तको  गुनासो

विराटनग, माघ १३-सिंघीया खोलामा मृत भेटिएका विराटनगरका लेखा परीक्षक प्रबल घिमिरेको मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान प्रभावकारी रुपले अघि नबढेको आफन्तले गुनासो गरेका छन् । घटनाको एकसाता बित्न लाग्दासमेत मृत्युको रहस्य खुल्न नसक्नु आश्चर्यजनक रहेको उनीहरुको भनाइ छ । गएको माघ ७ गते विराटनगर तीनपैनीस्थित सिंघीया खोलामा मृत भेटिएका विराटनगर–२ का ५० वर्षिय लेखापरीक्षक घिमिरेको मृत्यु प्रकरण रहस्यमय रहे पनि त्यसअनुसार प्रहरी अनुसन्धानले गति नलिएको आफन्तले गुनासो गरेका हुन् ।

एक सातासम्म घटनाको विषयमा प्रहरीले खुलासा गर्न नसकेको भन्दै आफन्तले प्रशासन गुहारेका छन् । यथाशक्य छिटो छानबिन र अनुसन्धान गर्न माग गर्दै मोरङ जिल्ला प्रशासन कार्यालय पुगेका आफन्तले सो बिषयको ज्ञापनपत्र बुझाएका छन् । विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेलसहित नेकपाका नेता बाबुराम कार्की र मृतक घिमिरेका आफन्तले मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउँदै नेकपाका नेता कार्कीले घटनापछि अनुसन्धानले अपेक्षित गति नलिएको गुनासो गरे । मृतक घिमिरेका दाजु रबिन घिमिरेले ६ गते साँझ साथीहरुसँग हिँडेका आफ्ना भाइ मृत भेटिनु शंकास्पद रहेको बताए । सँगै गएका सबै जना सकुशल घर फर्किए पनि आफ्ना भाइ खोलामा मृत भेटिनु र उनले बोकेको मोबाइलसमेत हराउनुले भाइको हत्या भएको हुनसक्ने आशंका ब्यक्त गरे । घटनाको अुनसन्धान प्रगतिको विषयमा प्रतिक्रिया दिनुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाले घटनाका बिषयमा ७ जनासँग सोधपुछ गरिनुका साथै थप अनुसन्धानलाई अघि बढाइएको बताए ।

६ गते साँझ साथीहरुसँग पार्टी खान भन्दै हिंड्ेका प्रबल साढे १० बजेपछि परिवारसँग सम्पर्कविहीन भएका थिए । विराटनगरकै एक होटलमा साथीहरुसँग भोज खानुभएका घिमिरे त्यसपछि साथीकै कारमा रातको साढे १० बजे गोल्छाचोकसम्म आएको र त्यहाँ उत्रिएको जनाइएको छ । त्यसको केही समयपछि नै आफूले घरको बाटो बिर्सिएको भन्दै श्रीमती मुना घिमिरेलाई मोबाइलबाट कुरा गरेको आफन्तले बताएका छन् । सो रात खोजतलास गरे पनि नभेटिएका उनको शव माघ ७ गते घरभन्दा ५ सय मिटर पूर्व–दक्षिण सिंघिया खोलामा भेटिएको थियो । घटनाको रात गोल्छाचोकबाट घरतर्फ फर्किदै गरेका घिमिरेको सिसि टिभी फुटेजसमेत भेटिएको छ । फुटेजमा सामान्यरुपमा उनी हिंडिरहेको देखिन्छन् ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्