अंग्रेजी भाषा मात्र सवैथोक होइनः मन्त्री घिमिरे

 न्यूज विराट
अंग्रेजी भाषा मात्र सवैथोक होइनः मन्त्री घिमिरे

विराटनगर, ३ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गरे । सामाजिक विकास मन्त्रालयद्धारा सोमबार आयोजित नेपाली भाषा : चुनौति र समाधान विषयक अनलाईन कार्यक्रममा मन्त्री घिमिरेल यस्तो बताएका हुन् ।

उनले प्रविधि र विश्वव्यापीकरणका कारण भाषिक चुनौति थपिएको बताए । मन्त्री घिमिरेले अंग्रेजीबाट सिकेको कुरा मात्र सहि हुन्छ भन्ने मान्यतालाई बदल्नुपर्नेमा उनले जोड दिए । सिकाई कुनैपनि भाषा र माध्यमबाट हुन सक्ने भन्दै मन्त्री घिमिरेले अंग्रजी नै सवै थोक नभएको बताए ।

सिकाईका कुनैपनि माध्यमहरु हुन सक्छन् भन्ने बोध समाजलाई गराउनुपर्ने अवस्था आएको उनले बताए । नेपाली भाषाबाट काम गर्न सक्ने क्षेत्रहरुको पहिचान गरेर सच्याउन ध्यान दिनुपर्ने मन्त्री घिमिरेले बतए । कार्यक्रममा प्रा.डा. टंकप्रसाद न्यौपाने र डा. रमेश घिमिरेले नेपाली भाषा ः चुनौति र समाधान विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि स्वदेश तथा विदेशमा रहेका नेपाली भाषाका विज्ञहरुले टिप्पणी गरेका थिए ।

सम्बन्धित समाचार

नहरले बगाएर बेपत्ता भएका युवा मोरङको जहदामा मृत भेटिए

विराटनगर । मोरङको जहदा गाउँपालिका–३ मा नहरले बगाउँदा बेपत्ता भएका एक जना युवक मृत फेला परेका छन् । नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीया गणित राजवंशी शव...

मनमोहनले तयार पारो पाँच बर्षे रणनीति योजना, प्राकृतिक चिकित्सातर्फको स्नातक तहको पढाइ हुने

विराटनगर । देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले चार बर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्ष...

थप ९ सय ८० जनामा कोरोना पुष्टि, नाै जनाकाे मृत्यु

काठमाडाैं, २१ भदौ-पछिल्लाे २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणअनुसार नेपालमा थप ९ सय ८० जनामा कोरोना भाइरस (काेभिड-१९) को संक्रमण पुष्टि भएकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घन्टामा थपिएका...

विराट महेन्द्र रात्री माविमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर, २८ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराट महेन्द्र रात्रि माविमा स्वच्छता सम्वन्धी सचेतनामुलकम कार्यक्रम आयोजना गरेको छ । शनिहाटस्थित विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि क्लबले सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो ।...

लागु औषधि नियन्त्रण दिवसमा विराटनगरमा प्रभातफेरी

विराटनगर, १२ असार । युवाहरुलाई लागु पदार्थ दूव्यर्वसनीबाट जोगाउने सभ्य एवं सक्षम नागरिक बनाउने अभियान अन्तर्गत आज यहाँ प्रभातफेरीको आयोजना गरियो । जिल्ला प्रशासन कार्यालय मोरङ, रिकभरी नेपाल लगायत विभित्र सङ्घसस्थाहरुद्वारा संयुक्त रुपमा आयोजित ३५...

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजारभन्दा बढी

नयाँदिल्ली १८ पुस-भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १९ हजार ७९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड...

घर हिँडेकाको उचित व्यवस्थापन होस् : कमल थापा

काठमाडौं, ५ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नका लागि सरकारले लकडाउन गरेपछि उपत्यकामा बसेर ज्याला मजदुरी गर्नेहरू समस्या परेका छन् । लगातारको लकडाउनका कारण कार्य क्षेत्र बन्द भएपछि खर्च अभावमा विभिन्न जिल्लाबाट...

चीनले जित्यो ओलम्पिकको पहिलो स्वर्ण

टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनको पोल्टामा परेको छ । महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् । सो प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्टेनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्