पर्यटन प्रवद्र्धनका लागि विराटनगरबाट मोटर र्याली निकालिने - News Birat

पर्यटन प्रवद्र्धनका लागि विराटनगरबाट मोटर र्याली निकालिने

न्यूज विराट

विराटनगर, ६ चैत । प्रदेश १ को आन्तरिक पर्यटन प्रवर्धनका लागि आठ सय किलोमिटरको मोटर ¥याली निकालिने भएको छ। नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा चैत १२ गते विराटनगरबाट सुरु हुने मोटर¥याली चैत १४ गते विराटनगरमै फर्किने भएको छ।

विराटनगरबाट सुरु भएर बर्दिबास–घुर्मी हुँदै फाफ्लु पुगेर फर्किने कार्यक्रम तय भएको नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरका अध्यक्ष सृजन प्याकुरेले बताए ।

उनका अनुसार एकतर्फी चार सय किलोमिटरको पर्यटन यात्रा हुनेछ । ‘अन्वेषण पूर्व’ भन्ने नाराका साथ सुरु हुने मोटर¥यालीले प्रदेश १ को पर्यटकीय क्षेत्रका बारेमा सरोकारवालासँग छलफल गर्ने मोटर ¥याली आयोजक समितिका संयोजक शुभम् भट्टराईले बताए ।

कोभिड १९ का कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई पुनर्जीवित गरी आन्तरिक पर्यटनलाई पुर्ववत् रुपमा फर्काउने कार्यक्रमको लक्ष्य रहेको संचार संयोजक सन्जिव सिग्देलले बताए । आन्तरिक पर्यटन प्रर्बद्धन कार्यक्रमलाई कन्ट्रोल लुब्रिकेन्ट्स, माउन्ट भिल्ला, आरसी कोला, जी पावर र ओल्ड मन्कले सहकार्य गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles