
झुण्डिएको अवस्थामा देवर-भाउजू मृत फेला
इलाम, ६ असार-इलामकाे माङसेबुङ गाँउपालिका-६ मा २ जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा इलाम माङसेबुङ-६ मावाटोल बस्ने २७ वर्षीय विशाल राई र उनकै भाउजू २६ वर्षीया गिता राई रहेका छन्...
विराटनगर, फागुन २२–घरेलु, लघु तथा साना उद्योगीहरुका समस्या सम्बोधन गर्न माग गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाईमा उद्योगीहरुले प्रदेश नं. १ का उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री बिजय बिस्वासलाई भेटेर साना, लघु तथा घरेलु उद्योगका समस्याहरु समाधान गर्न माग गरेका हुन् ।
बुधवार महासंघ मोरङका अध्यक्ष नरेन्द्र हुमागाइको नेतृत्वमा गएको टोलीले साना उद्योगीका समस्याका विषयमा उद्योगराज्यमन्त्री विश्वाससँग छलफल गरेको थियो । मन्त्री विश्वासलाई भेटेर उनिहले उद्योग सञ्चालन र स्थापनामा राज्यले दिनुपर्ने सहुलियतलगायतका विषयमा छलफल गरेका थिए ।
छलफलमा साना उद्यमीले समाज र राष्ट्रका लागि पुर्याइरहेको योगदानका विषयमा राज्यले गम्भिर भएर लगानीमा सहजता प्रदान गर्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको महासंघ मोरङका महासचिव गोपाल काफ्लेले जानकारी दिए । भेटमा मन्त्री बिस्वासले घरेलु महासंघले उठाएका जायज माग सम्बोधन गर्ने आश्वासन दिएको काफ्लेले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशन नजिकिएसँगै उद्योगीका समस्या समाधान र विभिन्न विषयमा छलफललाई तिब्रता दिइएको छ । विराटनगरमा आगामी चैत २२ गते हुने महासंघ मोरङको २२ औँ जिल्ला भेला तथा १२ औँ जिल्ला अधिवेशन हुँदैछ ।
साना, लघु तथा घरेलु उद्योगीहरुको छाता संगठनका रुपमा रहेको महासंघको अधिवेशन नजिकिएसँगै सोही अनुरुपको तयारी अघि बढाइएको महासंघ मोरङका महासचिव गोपाल काफ्लेले जानकारी दिए । अधिवेशनकै शन्दर्भमा जिल्लाका विभिन्न पालिकामा शाखाहरुको अधिवेशन भइरहेका छन् ।
हालसम्म केराबारी गाउँपालिका, लेटाङ नगरपालिका र उर्लाबारी पालिका शाखाको अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ । अन्य पालिकाहरुमा समेत जारी रहेको महासचिव काफ्लेले जानकारी दिए । त्यस्तै अधिवेशनकै शन्दर्भमा विभिन्न निकायसँग समन्वय, छलफल चलिरहेको महामसचिव काफ्लेले जानकारी दिए ।
इलाम, ६ असार-इलामकाे माङसेबुङ गाँउपालिका-६ मा २ जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा इलाम माङसेबुङ-६ मावाटोल बस्ने २७ वर्षीय विशाल राई र उनकै भाउजू २६ वर्षीया गिता राई रहेका छन्...
काठमाडौं, १ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले गरिबी अन्त्य र समृद्धि स्थापना...
विराटनगर, १७ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साक्षरता अभियान सुरु गरेको छ । महिला एवम् युवतीहरुका लागि क्लबले साक्षरता अभियान सञ्चालन गरेको हो । क्लबले सेप्टेम्बर महिनाभरी आधारभूत शिक्षा र साक्षरता महिनाका रुपमा...
विराटनगर, ९ जेठ । विराटनगर मटेरुवा चोकबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–१ कि ४१ वर्षीया रेखा न्यौपाने रहेकी छन् । उनलाई विराटनगर– १७ मटेरुवा चौकबाट प्रहरीले पक्राउ गरेको...
विराटनगर, १६ मंसिर–प्रदेश १ मा मंगलबार १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा दुई÷दुई, ताप्लेजुङ, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश १...
बुटवल, ३० जेठ-प्रदेश ५ सरकारले प्रदेश गौरवको आयोजनाको रूपमा विकास गर्न लागेको बुटवलको १ सय ९ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पतालले पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त गरेको छ । नेपाल सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई...
सरकारले विज्ञापन बोर्डको सदस्यमा चेतन अधिकारी र नेपाल टेलिभिजनको बोर्ड सदस्यमा सवनम मुखिया नियुक्त गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट सोमबार अधिकारी र मुखिया चार वर्षका लागि नियुक्त भएका हुन् । नवनियुक्त सदस्यद्वय अधिकारी र मुखियालाई...
नेपालमा पहिलो पटक अर्को व्यक्तिबाट सरेर एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी अर्को व्यक्तिबाट कोरोना सरेका व्यक्ति दुबईबाट फर्किएका पुरूषकाे आफन्त हुन् । ११ चैतदेखि प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ती पुरूष नेपालका चौथो संक्रमित...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.