माधवको गृहजिल्ला रौतहटमै रित्तिने अवस्थामा पुग्यो नेकपा एस

 न्यूज विराट
माधवको गृहजिल्ला रौतहटमै रित्तिने अवस्थामा पुग्यो नेकपा एस

रौतहट, मंसिर ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटका चर्चित नेता बुधाई खाँ नेकपा एमालेमै फर्कनुभएको छ । आज आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले खाँलाई एमाले प्रवेश गराउनु भएको हो ।

उहाँ नेकपा एसका रौतहट जिल्ला नेता तथा फतुवा विजयपुर नगर कमिटीका इन्चार्ज हुनुहुन्थ्यो । गत स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार रहनुभएका खाँ एमाले विभाजनपछि नेकपा एसमा लाग्नुभएको थियो ।

प्रभु साहको निर्वाचन क्षेत्र रहेको फतुवा विजयपुरका माओवादीबाट निर्वाचित जनप्रतिनिधि यसअघि नै साहसँगै एमालेमा समाहित भइसक्नु भएको छ । खाँलाई एमाले नेता अच्युत मैनाली,बलवीर प्रसाद चौधरी लगायतले स्वागत गर्नुभएको छ । नेता खाँले माधव समुहले अनेकन झुटो कुरा गरेर एमालेमा रहेका र अन्य इमान्दार नेता कार्यकर्तालाई फसाएकोले आगामी चुनावसम्म सो पार्टीमा रहेका सवै इमान्दार कार्यकर्ता एमालेमा फर्किने बताउनु भएको छ ।

सम्बन्धित समाचार

औषधी व्यवसायी संघद्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

विराटनगर, बैशाख २२ नेपाल औषधी व्यवसायी संघ मोरङले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको क्रममा अग्रपंक्तिमा खटिएको दक्षिण पूर्वि मोरङका सुरक्षाकर्मीलाई आइतबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ । करिब ६ हप्तादेखि मुलुक...

प्रदेश- २ को पाँचौ अधिवेशन चैत ३० गते

प्रदेश नं– २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गरेका छन् । मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव...

सप्तरीमा प्रहरी र स्थानीयबीच झपड, महिलाको मृत्यु

राजविराज, १ वैशाख-खडक नगरपालिकामा प्रहरी र स्थानीयबीच झपड भएको छ । नगरपालिकाको वडा नम्बर ६ मा लकडाउन कार्यान्वयन गराउन इलाका कार्यालयबाट कल्याणपुर खटिएका प्रहरी र बासिन्दाबीच झडप भएको हो  । प्रहरीले बासिन्दालाई सडकमा ननिस्कन आग्रह...

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक...

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

काठमाडौं, ९ जेठ-नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित गरिएको छ ।लिम्पियाधुरा, लिपुलेक र कालापानी समेट्दै सार्वजनिक नयाँ नक्सालाई आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । गत सोमबार मन्त्रिपरिषद्ले पारित...

कोशी कोभिडलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने

विराटनगर, असार १–प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला...

अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना 

एजेन्सी, साउन १२-अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा २ सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

विराटनगर, ११ मंसिर–प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्