राशिफल

३ हजार १६५ मिटर उचाइमा भेटियो पाटेबाघ

 न्यूज विराट
३ हजार १६५ मिटर उचाइमा भेटियो पाटेबाघ

इलाममा लोपोन्मुख  पाटेबाघ  यहाँ फेला परेको छ ।  इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बिरालो जातको  पाटेबाघ सीसी क्यामरा फुटेजमा देखिएको हो । यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन ।

कञ्चनजंघा भूपरिधिमा जिपिएस कलर गरिएका १० रातो हाब्रे अनुगमन गर्न राखिएका २० क्यामेरा ट्रयापमध्ये एउटामा पाटेबाघ कैद भएको वन तथा भूसंरक्षण विभागले जनाएको छ । यससँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भूपरिधिमा बिरालो प्रजातिको संख्या आठ पुगेको छ ।

चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा अभिलेखन भइसकेका छन् । उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलीला निकुञ्जसँग जोडिएको छ । नेपालमा पाटेबाघको संख्या २३५ छ ।

सम्बन्धित समाचार

जीवन विकासको गोल्डकपको उपाधि पशुपति क्बलको पोल्टामा

विराटनगर । जीवन विकास गोल्डकप रनिङ शिल्डको उपाधि पशुपति रिपोर्टिङ क्लब दादरबैरियाले जितेको छ ।मोरङको जहदा गाउँपालिका – ३ मा शनिवार सम्पन्न भएको फाइनलमा रानी फुटबल क्लब विराटनगरलाई १–० गोलले हराउँदै पशुपति रिपोर्टिङ क्लबले उपाधि...

किरण क्यालसिक बेकरीले उत्पादन गरेको पाउरोटीमा ढुसी भेटियो

विराटनगर । विराटनगर – ११ मा रहेको किरण क्यालसिक बेकरीले उत्पादन गरेको पाउरोटीमा ढुसी फेला परेको छ । म्याद सकिने मिति दुई दिन बाँकी रहेको पाउरोटीमा ढुसी परेको भेटिएको हो । विराटनगर – ५ चाँदनी...

रंगेलीको संसारीमाई मन्दिरमा प्रदेशस्तरीय फूलपाती बढाई हुदैँ, सम्पूर्ण तयारी पुरा (फोटोसहित)

विराटनगर, १४ असोज । विगतका वर्षहरुझैँ यसवर्षपनि मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरमा भोली प्रदेशस्तरीय फूलपाती वढाई हुने भएको छ । पूर्वको प्रशिद्ध शक्तिपिठको रुपमा रहेको सो मन्दिरमा आगामी असोज १६ गते विहान साढे ९ वजे प्रदेश...

काममा जान्छु भनेको धामीको हत्या

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका – ४ बटरबारीका एक जना धामीको हत्या भएको छ । ३२ वर्षीय अशोक कुमार यादवको हत्या भएको हो । हत्या गरिएको अवस्थामा शुक्रबार विहान सुनवर्षी नगरपालिका ४ बटरवारी जाने भित्री...