६ कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि मालपोत कार्यालय विराटनगरको सेवा बन्द (सूचनासहित) - News Birat

६ कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि मालपोत कार्यालय विराटनगरको सेवा बन्द (सूचनासहित)

न्यूज विराट

विराटनगर, २ माघ । एकैपटक ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मालपोत कार्यालय विराटनगरको सेवा बन्द भएको छ ।

विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको र अन्य कर्मचारीहरुमा समेत मिल्दो जुल्दो लक्षण देखिएकाले सेवा बन्द भएको हो ।

कार्यालयले आइतबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि आन्तरिक कामकाजबाहेक सेवाग्राहीलाई दिइने सेवा बन्द गरिएको जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles