संघीय निजामती ऐन एक महिनाभित्रै संसदमा पेश हुन्छ : मन्त्री मोदी

 न्यूज विराट
संघीय निजामती ऐन एक महिनाभित्रै संसदमा पेश हुन्छ : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले अबको एक महिनाभित्रै संघीय निजामती ऐन संसदमा पेश हुने बताएका छन् ।
मोरङको बेलबारीमा मंगलबार लोहन्द्र खोलाको पुल उद्घाटन गर्न आयोजित कार्यक्रममा बोल्दै मोदीले उक्त कुरा बताएका हुन् ।

‘संघीय निजामती ऐन ल्याउनका लागि म दिनरात नभनी लागेको हुँ । मन्त्री भएको तीन महिनामा विधेयकको ड्राफ्ट अर्थ र कानून मन्त्रालयमा पुगेको छ । उहाँहरुले स्वीकृत गर्नुभयो भने आउने यही महिनामा संसदमा टेबल हुँदैछ,’ मोदीले भने, ‘संघीयता मजबुत बनाउनका लागि म लागिरहेको छु । सार्वजनिक ठाउँमा भाषण गरेर, जनतालाई मनोवैज्ञानिक हिसाबमा डाइभर्ट गरेर, जनतालाई वितृष्णामा लगेर संघीयता स्थापित हुँदैन । जनतालाई निराश तिर लानु हुँदैन । संघीयतालाई कार्यान्वयन गर्नका लागि लाग्नुपर्छ ।’

उनले आफूले प्रशासनिक संघीयतालाई बलियो बनाउने गरी उक्त ऐनको ड्राफ्ट निर्माण गरेको दाबी गरे । ‘प्रशासनिक संघीयतालाई बलियो बनाउनकै लागि हामीले जबसम्म पूर्ति हुँदैन तबसम्म माथिबाटै सहसचिव प्रदेशमा पठाउने र पूर्ति भएपछि र अपग्रेड भएपछि त्यहीबाट पूर्ति हुने व्यवस्था राखेका छौँ,’ मोदीले भने, ‘स्थानीय तहमा पनि त्यही तरिकाले सोचिरहेका छौँ ।’

वर्तमान सरकारले नक्कली भुटानी शरणार्थी काण्ड, बालुवाटार काण्ड, सुन काण्डलगायतका विषय छानबिन गरेर जनतामा आशा जगाउने कोसिस गरेको बताउँदै मोदीले भ्रष्टाचारलाई शून्यमा झार्ने भनेर नै सरकार लागिरहेको दाबी गरे । आफ्नो नेतृत्वमा रहेको मन्त्रालय पनि त्यसैमा केन्द्रित भएको उनको भनाइ छ ।

यस्तै उनले कर्मचारी सरुवा प्रणालीमा सुधार ल्याउन कार्यदल बनाएको र सोही कार्यदलको सुझाव लागू गर्न आफूले निर्देशन दिएको बताए । ‘सरुवा लिएर काठमाडौँ तिरै बस्ने । ८० प्रतिशत पावर लगाएर काठमाडौँ बस्ने प्रवृत्ति छ । त्यसलाई रोक्न र व्यवस्थित गर्न कार्यदल गठन गरेको र उक्त कार्यदलले दिएको प्रतिवेदन लागू गर्न आफूले भनेको छु,’ मोदीले भने, ‘जहाँ कामको चाप छ त्यहाँ कर्मचारी अभाव हुने । काहीँ काम नै नपाउने र बसिराख्ने अवस्थालाई सुधारिइनुपर्छ भनेर पनि लागेको छु ।’

स्थानीय तहमा भइरहेको निमित्तको समस्या समाधानमा पनि आफू लागिरहेको उनले बताए । ‘स्थानीय तहमा निमित्तको समस्या छ । त्यसलाई अन्त्य गर्ने प्रयास गरिरहेका छौँ । बढुवा भएका उपसचिव, बढुवा भएका अधिकृतहरुलाई अनिवार्य स्थानीय तहमा पठाउने नियम लगाएको छु,’ मोदीले भने, ‘रमाना नदिएको खण्डमा, सरुवा भएका छन् वर्षौं त्यहाँ बसेका छन् । रमाना नदिएको खण्डमा हाकिमबाटै असुल उपर गर्ने भनेर चिठी पठाएका छौँ । प्रशासन सुधारका लागि केही गर्न खोजिरहेका छौँ ।’

कार्यक्रममा मोदीले आफ्नो पहलमा आफूले जितेको मोरङ क्षेत्र नम्बर ४ भित्रै पर्ने मोतिपुरको पुल निर्माण गरेको, गिधनीयाको पुल सम्पन्न हुन लागेको, पुष्पलाल चोक–विराटचोक सडक ४ लेनको बनेको, नयाँ बजारदेखि बेलबारीसम्मको सडक निर्माण सुरु भएको, भाउन्ने आमतोलाको बाटो निर्माणमा पनि आफूले पहल गरेर कालोपत्रे भएको दाबी गरे । उनले धनपाल गढीको संरक्षण गरेको पनि दाबी गरे ।

सोही कार्यक्रममा बोल्दै प्रदेश सांसद प्रकाश चौधरीले वित्तीय संघीयता र प्रशासनिक संघीयता अझै कार्यान्वयन नभएको बताए । उनले प्रदेशलाई अहिलेकै जस्तो प्यारालाइसिस गरिरहने हो भने खारेज गर्दा हुने भन्दै मोदीको ध्यानाकर्षण गराए ।

‘प्रदेशलाई आर्थिक र प्रशासनिक रुपले बलियो बनाऔँ, मजबुत बनाऔँ, संघीय संसदमा पनि छलफल चलाऊँ,’ चौधरीले भने । अझै पनि स्रोत साधनमा शक्तिकेन्द्रहरुले आफ्नो क्षेत्र केन्द्रित गर्ने गरेको आरोप लगाउँदै उनले समान हिसाबले साधन स्रोतको वितरण हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरु : नरपथगञ्जसँग आर्मी स्तब्ध

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जलले विजय सुरूवात गरेको छ । विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो । पूर्वाञ्चल क्रिकेट...

व्यवसाय प्रबर्द्धनमा महिला उद्यमीको जोड

विराटनगर । महिला उद्यमीहरूले आफूहरूको व्यवसाय प्रबर्द्धनका लागि सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौती सम्बन्धी...

श्रम र रोजगार क्षेत्र कमजोर भयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको श्रम र रोजगार क्षेत्र कमजोर भएको बताएका छन् । उनले बैंकले प्रवाह गर्ने ऋणको नीतिगत व्यवस्था र कोभिडको असरले उद्योग र रोजगारदाताको क्षमता कमजोर भइरहेको बताए ।...

इरानका स्वास्थ्य उपमन्त्रीलाई नै कोरोना भाइरस

एजेन्सी, फागुन १३–इरानका स्वास्थ्य उपमन्त्रीलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । ज्वरो बढेपछि स्वास्थ्य परीक्षण गराउँदा मन्त्री इराज हारिर्कीमा कोरोनाको संक्रमण देखिएको हो । मन्त्री हारिर्की स्वयम्ले यो कुराको पुष्टि गरेका छन् । उनले...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ संक्रमित थपिए

विराटनगर, २५ कात्तिक–प्रदेश १ मा मंगलबार ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय १०, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको...

लुम्बिनीमा प्रदेश सभा सदस्यहरु बन्धक

काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर...

प्रदेश १ को बजेट परिमार्जन हुने

विराटनगर, २ मंसिर । प्रदेश १ सरकारले बजेट परिमार्जन गर्ने भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट गठबन्धन सरकारले परिमार्जन गर्न लागेको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले...

फुलकुमार लालवानीलाई महामूर्खको उपाधि

विराटनगर । विराटनगरका फुलकुमार लालवानीले महामूर्खको उपाधि पाएका छन् ।काँग्रेसका नेता लालवानीलाई मारवाडी यूवा मञ्च विराटनगरले सम्मान स्वरुप महामूर्खको उपाधि प्रदान गरेको हो । मारवाडी यूवा मञ्चले होलीको अवसर पारेर प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्