विराटनगर । झापाको मेचीनगरपालिका धुलाबारीकी ममता ढुङनाको जन्मजात मुखभित्र तालु फाटेको कारणले बोली अष्पस्ट थियो । दुई वर्षको उमेरमा उनको मुखभित्र तालुको शल्यक्रिया विराटनगरस्थित हाम्रो अस्पतालमा भयो । त्यसपछि उनले नियमित ६ पटक बोलीको तालिम लिइन् । फेक्ट नेपालको स्पिच थेरापिस्ट तथा विशेषज्ञ टिमबाट नियमित बोलीको तालिम लिएपछि अहिले ममता प्रष्टसँग उच्चारण गरेर बोल्न सक्ने भएकी छिन् ।
छोरी प्रष्टसँग बोल्न सक्ने भएपछि ममताको परिवारमा पनि खुसी छाएको छ । ‘छोरीको बोली यति चाँडै प्रष्टसँग बोल्न सक्छिन भनेर कल्पना पनि गरेको थिइन् । नियमित तालिम लिएपछि अहिले छोरी प्रष्टसँग बोल्न सक्ने भएकी छिन्,’ ममताका बावु सुर्य ढुङ्गनाले भने । यसरी स्पिच थेरापिस्टबाट नियमित तालिम पछि प्रष्टसँग बोल्ने ममता मात्र होइन् ।
पछिल्लो एक वर्षमा फेक्ट नेपालले काठमाण्डौंबाट स्पिच थेरापिस्ट लिएर दिएको नियमित तालिमबाट आर्थिक वर्ष २०७९-०८० मा २४२ जना तालिम लिएका मध्ये ५८ जनाले प्रष्टसँग उच्चारण गरेर बोल्न सक्ने भएको फेक्ट नेपाल, रिसप कार्यक्रमको प्रमुख फिल्ड संयोजक कैलाश खाकी श्रेष्ठले जानकारी दिए । फेक्ट नेपालले मुखभित्र तालु चिरिएको कारणले अष्पस्ट बोल्ने बालवाकिलाहरुलाई निःशुल्क शल्यक्रिया गरेपछि बोली शुद्ध बनाउन तालिम दिने गरेको छ । उक्त तालिम निःशुल्क विराटनगरमा हुने गरेको छ ।
चालु आर्थिक वर्षको कार्तिक २० गते समापन भएको एक हप्ताको तालिममा ५४ जना बालवालिकाहरुको सहभागि भएको थियो । विराटनगरस्थित हाम्रो अस्पतालमा पनि निःशुल्क यो तालिम हुने गरेको स्पिच थेरापिष्ट शिवकुमारी राईले जानकारी दिइन् । तालिममा बालवालिका तथा उनीहरुका अभिभावकहरुलाई खाने बस्नेको पनि व्यवस्था गर्दछ । फेक्ट नेपालका स्पिच थेरापिस्ट शिव कुमारी राइका अनुसार अभिभावकलाई समेत तालिम दिएर घरमा समेत बोलि सिकाउनका लागि प्रोत्साहित गरिने गरेको बताइन् । शिविरमा आएका बालवालिकाहरुलाई कीर्तिपुर अस्पताल बाट आएका प्रोफेसर डाक्टर शकरमान राई, शिवकुमारी राई, हिमाल सरि राइ, निलम श्रेष्ठ, जानुका तामाङ, लिला राना, रेनुका श्रेष्ठ, नैना महतो, अस्मिता चौधरी, जीवन कुमार यादब, विशाल तामाङ, डाक्टर चाँदनी यादव लगायतको टिमले सेवा दिने गरेका छन् ।
बिगत २२ बर्ष देखि ओठ तथा तालु (मुख भित्र जिब्रो भन्दा माथी) चिरिएका मानिसहरुको अप्रेशन पश्चात् बोली राम्रो बनाउनका लागि तालिम दिने गरिएको छ । यो तालिम हरेक ३ महिनामा हप्ता दिन सम्म शिविर संचालन हुने गरेको फेक्ट नेपाल, रिसप कार्यक्रमकी नर्स हिमाल सरि राइले बताइन् ।
सिन्धुली, २७ वैशाख-बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुँदै काठमाडौं जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो । सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ...
काठमाडौं, १८ साउन-विभिन्न मुलुकमा अलपत्र १ हजार १७२ नेपाली स्वदेश फर्किएका छन् । आज एकैदिन क्वालालम्पुरबाट १४ र दोहाबाट ४ गरी १८ शव पनि नेपाल ल्याइएको छ । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको...
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका २ अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार सरकारले पठाएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश,...
काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उपसभापति पदको मतगणना सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा उपसभापतिको मतगणना सुरु गरिएको हो । कांग्रेसको निर्वाचन समितिका अनुसार तीन ठाउँमा मत गणना सुरु भएको हो...
गत मंगलवारदेखि देश लकडाउनमा गएसँगै उपत्यकासहित देशभरको प्रदूषण मात्रा ह्वात्तै घटेको छ ।प्रदूषणको ‘रेड जोन’मा रहने काठमाडौं उपत्यका ‘ग्रिन जोन’मा पर्न थालेको छ । प्रदूषण मापन केन्द्रकाे तथ्यांकअनुसार दमक, धनकुटा, सिमरा र सुर्खेतबाहेक देशभर वायु...
विराटनगर, ७ मंसिर–पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ३ सय ११ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २ सय ९४, जिल्ला अस्पताल धनकुटाबाट नौ र विराट मेडिकल कलेजबाट आठ जना डिस्चार्ज भएका हुन ।...
विराटनगर, १२ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएर फर्किएका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दोस्रो पटक मेयर भएर अधुरा काम पुरा गर्ने बताएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएर सोमबार...
काठमाडौं, ९ जेठ-सरकारले नयाँ नक्सा कार्यान्वयनक लागि संविधान संशोधन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारले जारी गरेको नयाँ नक्सा कार्यान्वन गर्नका लागि संविधान संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सूचना...