एमाले महाधिवेशन : मञ्च अत्याधुनिक प्रविधियुक्त, महाधिवेशन स्थल ड्रोनले निगरानी

 न्यूज विराट
एमाले महाधिवेशन : मञ्च अत्याधुनिक प्रविधियुक्त, महाधिवेशन स्थल ड्रोनले निगरानी

काठमाडौं, ६ मंसिर ।  नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लागि उद्घाटन र बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणलाई तीव्र पारिएको छ । उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान भइरहेको छ भने महाधिवेशन स्थल ड्रोनले निगरानी हुनेछ ।

मञ्च नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताउनुभयो । प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्ने गरी मञ्च निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रशारण गरिनेछ । उद्घाटन सत्र लाइभ गर्न भिडियो क्यामेराका साथै कम्तिमा दुई वटा ड्रोन क्यामेरा प्रयोग गरिने श्रेष्ठले बताउनुभयो ।

९ मंसिरमा हस्तान्तरण गर्ने गरी मञ्च निर्माण भइरहेको श्रेष्ठको भनाइ छ । उहाँले हालसम्म मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको बताउनुभयो । त्यसैगरी, सौराहामा बन्द सत्र हुने हल निर्माण समेत आइतबारदेखि नै सुरु भइसकेको जानकारी दिनुभयो । ‘बन्द सत्र हुने सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा आल्मुनियमको संरचना बनाइएको छ,’ श्रेष्ठले भन्नुभयो ।

पत्रकार सम्मेललनमा अनुगमन समितिको संयोजकमा काशीनाथ अधिकारीले महाधिवेशनको कामको नियमित अनुगमन भइरहेको बताउनुभयो । समितिले कामलाई थप गति दिन आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन समेत गरेको उहाँको भनाइ छ । महाधिवेशन तयारीले हिजोदेखि गति समातेको अधिकारीले बताउनुभयो । जनसहभागिता जुुटाउन गाउँगाउँमा घरदैलो कार्यक्रम समेत जारी रहेको उहाँको भनाइ छ ।

१० मंसिरमा हुने उद्घाटन सत्रमा सहभागी हुन विभिन्न ६ स्थानबाट र्‍याली निकाल्ने तयारी भइरहेको अधिकारीले बताउनुभयो । गैँडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट र्‍याली निकाल्दै ब्यापक जनसहभागिता जुटाउने गरी तयारी भइरहेको अधिकारीको भनाइ छ ।

प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर काम अगाडि बढाएको बताउनुभयो । व्यापक जनसहभागिता जुटाउन जिल्लाका ९८ वटै वडा कमिटी, दुई वटा शाखा कमिटी र पार्टीका सबै जनवर्गीय संगठन परिचालन भइरहेको सुवेदीले जानकारी दिनुभयो ।

नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जिल्लामा निर्माण गरिएका सबै समितिले आफ्नो कामलाई तीव्र रुपमा अगाडि बढाइरहेको बताउनुभयो। जिल्लामा रहेका सुरक्षा निकायहरूसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापनसहित सुरक्षा प्रबन्ध मिलाउने रावलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

भारतमा एकै दिन थपिए २० हजार कोरोना संक्रमित  

एजेन्सी, असार १४-भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको हुनेको संख्या ५ लाख २९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ अहिलेसम्मकै बढी २० हजार संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार शनिबार भारतमा कोरोनाबाट ४ सय...

इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलको अग्रता, उपमेयरमा एमालेले उछिन्यो

विराटनगर, १ जेठ । सुनसरीको इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलले अग्रता कायम राखेका छन् । ४९७८ मगगणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका हेमकर्ण पैडेल २३४१ म्तसहित अगाडी छन् । उनलाई एमालेका उम्मेदवार यामकुमार सुब्बाले १८...

आजदेखि खुला तरकारी हटिया सञ्चालन

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दै छ । नगरपालिकाको शुक्रबारको बैठकले तीनबुँँदे निर्णय गर्दै प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म...

मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सम्झौता

विराटनगर, ८ मंसिर–प्रदेश १ सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । विश्वविद्यालय अन्र्तगतको विराटनगर १४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीप...

‘दुईतले फलामको खाटैमा’ गीत सार्बजनिक

काठमाडौँ, २५ कात्तिक–सुरज बिश्वकर्माको रचना एवं संगीतमा परदेशीको पीडा र वेदना समेटिएको गीत ‘दुईतले फलामको खाटैमा’ बोलको गीत सार्वजनिक भएको छ । परदेशमा श्रम गर्दा मातृभूमीको सम्झनाले सताउने र घर फिर्न मनलागेको वेला नपाईने जस्ता...

रोटरी क्बल विराटनगरको भव्य पदस्थापन, अध्यक्षमा मनोज विक्रम शाह

विराटनगर । रोटरी क्लव विराटनगरको ४८ औं पदस्थापन कार्यक्रम भएको छ । विराटनगरमा शनिबार साझ पदस्थापन कार्यक्रम भएको हो ।सन २०२४– २०२५ को लागि रोटरी क्लव विराटनगरको अध्यक्षमा युवा उद्योगी मनोजविक्रम शाह चयन भएका छन्...

ढकाल समूहका २ कार्यकारिणी सदस्य निर्विरोध

काठमाडौं, ४ मंसिर-नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको लागि २ कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित भएका छन् । महासंघ निर्वाचन समितिले बिहीबारसम्म उम्मेद्वारी दिने समय तोकेकोमा प्रदेश १ बाट र द्वीराष्ट्रिय उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका...

‘विराट नर्सिङ होमको ल्याबले दिने रिपोर्ट सधैँ अब्बल हुन्छ’

विराटनगरस्थित विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याव हो । बायोर्याडसँग आवद्ध भएर सर्टिफाइड प्रयोगशाला भएकोले गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेर गएको छ । विराटको प्रयोगशाला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्