आजदेखि खुला तरकारी हटिया सञ्चालन

 न्यूज विराट
आजदेखि खुला तरकारी हटिया सञ्चालन

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दै छ । नगरपालिकाको शुक्रबारको बैठकले तीनबुँँदे निर्णय गर्दै प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म खेलमैदान राजरङ्गशालामा सामाजिक दूरी कायम गरी तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरेको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए ।

गुद्री तरकारी हटियामा जग्गा छोटो भएर भीडभाड बाक्लो हुन थालेपछि यस्तो तरिकाले आम जनसमुदायमा तरकारी किनमेलका लागि सहजता हुने उनले विश्वास व्यक्त गरे । राजरङ्गशालामा तरकारी व्यापारीबीच ३ मिटर र ग्राहकबीच २ मिटरको दूरी कायम गरी घेराचिह्नभित्र बसेर तरकारी खरिद बिक्री गर्न पाइने व्यवस्था मिलाइएको राजविराज नगरपालिकाले जनाएको छ ।

विश्वभरि फेलिएको कोरोना भाइरसलाई रोकथाम गर्न नेपाल सरकारले अह्वान गरेको लकडाउन अवधिभर दैनिक उपभोग्य वस्तु खाद्यान्नका लागि घरघरमा पुर्‍याउने व्यवस्था गर्ने र अनलाइनमार्फत खाद्यान्न सामग्री घरघरमा पुर्‍याउने प्रयाससमेत भइरहेको व्यापारीले बताएका छन् ।

नगरपालिकाले शनिबार बिहान १० बजेदेखि कोरोना भाइरस र अन्य किटाणुविरूद्धको किटनाशक औषधि (डिसइन्फेक्टान्ट) औषधि नियमितरूपमा छर्ने निर्णय पनि गरेको छ ।

अहिले सञ्चालनमा रहेको तरकारी हटिया निकै साँघुरो रहेकाले यसलाई मध्यनजर गरी राजरङ्गशालामा तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ । नगरपालिकाको १६ वटै वडामा फराकिलो स्थानमा तरकारी हटिया सञ्चालन गर्न स्थानको खोजी गर्न वडाध्यक्षलाई समेत निर्देशन दिएको नगरप्रमुख यादवले जानकारी दिए ।

वडा नं ८ स्थित पुलचोकमा पाँच, सिन्हाग्यारेज नजिक दुई र रुपनी रोडस्थित सफटेक कलेज नजिक तीन तरकारी पसल व्यवस्थित रूपले सञ्चालनका लागि तयार भएको राजविराज नगरपालिका–८ का अध्यक्ष जयनारायण मण्डलले जानकारी दिए । रासस

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्