मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सम्झौता

 न्यूज विराट
मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सम्झौता

विराटनगर, ८ मंसिर–प्रदेश १ सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । विश्वविद्यालय अन्र्तगतको विराटनगर १४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीप मुलक तालिम सञ्चालन गर्न ५ बर्षका लागि सम्झौता गरिएको हो ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहकार्यमा सञ्चालित अपाङ्गता पुर्नस्थापना सम्वन्धि कार्यक्रमका विभिन्न सीपमुलक तालिम र विश्वविद्यालयका सीप मुलक तालिम सञ्चालनका लागि २०८२ भदौ मसान्त सम्मका लागि सम्झौता गरिएको विश्वविद्यालयका प्रशासन प्रमुख मदन प्रधानले जानकारी दिए ।

सम्झौता अनुसार विराट क्याम्पसको भवनमा तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि आवस्यक मर्मतको कार्य करुणा फाउण्डेसनले गर्ने भएको छ । फाउण्डेसनले मर्मतका लागि करिव ५० लाखको लागत स्टिमेट तयार गरेको छ ।

सम्झौता कार्यक्रममा सामाजिक विकास मन्त्री तथा मनमोहन प्राविधिक विश्वविद्यालयका सहकुलपति जीवन घिमिरे, बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी, विश्वविद्यालयका प्रमुख डा. सुवास श्री पोखरल, करुणा फाउण्डेसनका सहनिर्देशक योगेन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो ।

विराटनगर १४ को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई गत भदौ ४ गते हस्तान्तरण गरिएको थियो । विराट क्याम्पसका अध्यक्ष भूराज राईले करिव ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख डा. सुवास श्री पोखरेललाई हस्तान्तरण गरेका थिए ।

मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न करिव १ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालन गर्न लागेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्र्तगतका तालिम विराट क्याम्पसको भवनबाट शुरु गरिने मन्त्री घिमिरेले बताए ।

सम्बन्धित समाचार

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं, २० जेठ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । पत्रकार महासंघका...

स्वास्थ्य मन्त्रालयले भन्यो -गर्भवती महिलाको मृत्युबारे अनुसन्धान गर्दै छौँ थप सामग्री

काठमाडौं, ३ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको अस्पताल ल्याउँदै गर्दा बाटोमा निधन भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले महिलाको स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याउँदै...

महिलालाई स्वस्थ्य बनाउन सौन्दर्यकर्मीले गर्यो शिविर, ७५ जना महिलाले गराए स्वास्थ्य जाँच

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले तिजको अवसर पारेर निःशुल्क भिआइए जाँच शिविर आयोजना गरेको छ । सौन्दर्यकर्मी युनियनले मोरङको कटहरी गाउँपालिका – ३ कटहरीको स्वास्थ्य चौकीमा मंगलबार पाठेघरको मुखको क्यान्सरको परीक्षणको...

बेलबारी गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक डाँगीहाट र भोजपुर भिड्ने

विराटनगर । बेलबारी गोल्डकप फुटबल प्रतियोगितमको छैटौँ संस्करण आज आइतबारदेखि सुरु हुने भएको छ । मोरङको लक्ष्मीमार्ग खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र भोजपुर जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको...

८६ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारणको बिजुली

काठमाडौं, ३० साउन-नेपालभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युत्‌काे पहुँच पुगेको छ भने सबैभन्दा  कम कर्णाली प्रदेशमा छ...

बिहीबारभन्दा आज ३०३ सक्रिय संक्रमित घटे

काठमाडौं, १९ मंसिर-देशभरमा बिहीबारभन्दा आज ३ सय ३ सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना संक्रमित हुँदा १ हजार ५ सय ७५ जना संक्रमण मुक्त भएकाले सक्रिय संक्रमितको...

सन्थाल समुदाय ‘सोहराय’ पर्वमा रमाउँदै

विराटनगर, पुस २८–यतिखेर आदिवासी सन्थाल समुदाय आफ्नो महान् पर्व ‘सोहराय’ मा रमाइरहेका छन् । ६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ । आदिवासी सन्थाल समुदायको बसोबास रहेको...

आज हरिशयनी एकादशी, घर-घरमा तुलसीको बिरुवा रोपिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्