इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलको अग्रता, उपमेयरमा एमालेले उछिन्यो - News Birat

इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलको अग्रता, उपमेयरमा एमालेले उछिन्यो

न्यूज विराट

विराटनगर, १ जेठ । सुनसरीको इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलले अग्रता कायम राखेका छन् । ४९७८ मगगणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका हेमकर्ण पैडेल २३४१ म्तसहित अगाडी छन् । उनलाई एमालेका उम्मेदवार यामकुमार सुब्बाले १८ सय २५ मतसहित पछ्याई रहेका छन् ।

उपमेयरमा भने एमालेले गठबन्धनलाई उछिनेको छ । उपमेयरमा एमालेकी संगीता कुमारी चौधरीले १९ सय ६५ मतसहित अग्रता कायम राखेकी छिन् । उनका निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एस) का केशवकुमार विष्टलले १५ सय १७ मत ल्याएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles