राशिफल

‘दुईतले फलामको खाटैमा’ गीत सार्बजनिक

 न्यूज विराट
‘दुईतले फलामको खाटैमा’ गीत सार्बजनिक

काठमाडौँ, २५ कात्तिक–सुरज बिश्वकर्माको रचना एवं संगीतमा परदेशीको पीडा र वेदना समेटिएको गीत ‘दुईतले फलामको खाटैमा’ बोलको गीत सार्वजनिक भएको छ । परदेशमा श्रम गर्दा मातृभूमीको सम्झनाले सताउने र घर फिर्न मनलागेको वेला नपाईने जस्ता समस्याहरुलाई गीतमा समेटिएको छ । युवा पुस्ताका परदेशीका दुःखलाई गीतमा समेटिएको रचनाकार सुरज बिश्वकर्माले बताउनुभयो । उहाँ मकाउमा बसेर गीत लेखन र संगीतलाई निरन्तरता दिदै आउनु भएको छ ।

‘दुईतले फलामको खाटैमा’ गीतमा स्वर रहेको छ नेपाल आइडल सिजन—२ का उपविजेता विक्रम बरालको । सो गीत बिश्वकर्माले यूट्यूव च्यानलमार्फ्त सार्वजनिक गर्नुभएको छ । गीतको शब्द रचना र संगीत उनै सर्जक सुरज बिश्वकर्माले गर्नुभएको हो । संगीत संयोजन भने विनोद रसाइलीले गर्नु भएको छ।

पोखरा घर भई लामो समयदेखि मकाउलाई कर्मथलो बनाएरका सर्जक विश्वकर्माको यो तेस्रो प्रस्तुति हो । यसअघि उहाँले ‘विस्तारै विस्तारै.’ र ‘तिम्रो मन.’ जस्ता सदावहार गीतहरु कर्णदासको स्वरमा सार्वजनिक गरिसक्नु भएको छ । यो उहाँको तेस्रो भिडियो हो ।

बिद्यार्थीकालदेखि नै कविता र गीतहरु लेख्ने बिश्वकर्माले पछिल्लो समय गीतहरुमा कलम चलाउदै आउनु भएको छ । सन् २०२० को मार्चमा नेपाल आउने तयारी गरिसकेपछि ठिक एकहप्ता अगाडि कोरोना महामारीको लकडाउन भइदियो । टिकट लिइसकेपछि पनि बिश्वकर्मा घर आउन पाउनु भएन । यही पीडामा छट्पटाउदै उहाँले ‘दुईतले फलामको खाटैमा’ गीतको सृजना गर्नुभएको हो । गीतमा परदेशमा बस्ने नेपालीहरुको भावना बोलेको छ ।

सुरज विश्वकर्माले भन्नुुभयो “गीत रचनामा मेरो सानैदेखिको सोख हो, कविताहरु पनि लेख्छु, दुईतले फलामको खाटैमा बोलको गीतमा राम्रो प्रतिक्रिया पाएको छु, यसमा विशेष गरी म जस्ता परदेशमा रहेका नेपाली युवाहरको भावना अभिव्यक्त भएको छ, सबैले मनपराई दिनुभएको छ म उत्साहित पनि भएको छु ।”

सम्बन्धित समाचार

कोशी प्रदेशमा माओवादीका पूर्वाधार र पर्यटनमन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलर माओवादीको...

कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्धार फिर्ता गर्ने निर्णाय, हिक्मत कार्कीको सरकार अल्पमतमा

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णाय गरेको छ । आज दिउँसो माओवादी केन्द्र कोशी प्रदेशको पदाधिकारीको बैठकले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णाय गरेको हो...

कोशी प्रदेश सरकार छाडन आज औपचारिक निर्णय गर्दै माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज दिउँसो ११ बजे बस्ने संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो ।...

माओवादी कोशी प्रदेश संसदीय दलको बैठक सुरू, समर्थन फिर्ताको सक्भावना

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । आज सुरू भएको बैठकमा सरकारबारे छलफल हुने भएको हो । माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल...