छठ पर्वका लागि विराटनगरमा खोलामा सरसफाइमा गरिँदै

 न्यूज विराट
छठ पर्वका लागि विराटनगरमा खोलामा सरसफाइमा गरिँदै

विराटनगर, २३ कात्तिक । नेपालीहरुका दुई ठूला चाड दसैं र तिहार सकिएसँगै अहिले अर्को महत्वपूर्ण पर्व छठको चटारो सुरु भइसकेको छ । अहिले विराटनगर बजारमा छठ पर्वका लागि आवश्यक सामाग्री किन्नेहरुको भिड बढेको छ ।

खास गरी तराई मधेसका जिल्लाहरुमा छठ पर्व धुमधामका साथ मनाउने गरिन्छ । छठ पर्वको मुख्य दिन आउनै लागेकाले अहिले मानिसहरु छठको तयारीमा जुटेका छन् ।

विपन्नदेखि सम्पन्नहरु समेत आ–आफ्नो गच्छे अनुसार छठ पर्वका लािग किनमेलमा व्यस्त छन् । अहिले विराटनगर बजारमा समेत छठको किनमेल गर्नेहरुको निकै भीड लागेको छ ।

यतिबेला बजारमा छठका लागि आवश्यक सामाग्रीहरु कोनिया, ढाकी, केरा, नरिवल, भोगटे, माटाका घैला, पाला लगायतका सामाग्री किन्नेहरुको भीड देखिन्छ । यता सर्वसाधारणले भने यी सामाग्रीहरुको विक्रि बढेसँगै मूल्य समेत बढेको गुनासो गरेका छन् ।

यस्तै छठमा माटाबाट बनाइएका सामाग्रीहरुको समेत विक्रि बढ्ने गरेको छ । छठमा खासगरी माटाको घैंटो, दीप, ढकना, हात्ती, सरवा लगायतका समाग्रीको किनबेच हुने गर्दछ ।

तर यी सामाग्रीको समेत मूल्य निकै बढेको छ । यसबर्ष सिमित मात्रामा छठका सामाग्री भएकाले मूल्य बढेको व्यापारीहरुको भनाई छ ।यतिबेला विराटनगरका बजारहरु छठका सामाग्रीले भरिभराउ भएका छन् ।

यतिवेला छठ पर्वकै लागि प्रयोग गरिने विभिन्न फलफुलको समेत विक्रि बढेको छ । छठमा प्रसादका रुपमा प्रयोगहुने भोगटे (होक्से), केराको घारी, नरिवल, उखु, वेसार, अदुवालगायतका फलफुलको समेत विक्रि बढेको छ । अन्य समयमा भन्दा छठमा पुजाका लागि ति सामाग्रीको खपत हुने भएकाले व्यपारीहरुले ति सामाग्रीहरुको मुल्य आफुखुशि बृद्धि गरेका छन् । अन्य समय भन्दा ३ गुढाा भन्दा बढी मुल्य पर्ने गरेको श्रद्धालु भक्त जनहरुले गुनासो गरेका छन् ।

विराटनगरको गुद्री बजार छेउको सडकमा ब्यापारीहरुले पसल थापेर छठका सामाग्री विक्रि गर्ने गरेका छन् । छठ पर्वमा खासगरी गाउँघरमा उत्पादित सामाग्रीबाटै निर्माण गरिएका सामाग्रीहरुको प्रयोग गर्ने गरिएको छ । जसका कारण छठ पर्वले सँस्कृति संरक्षणका साथै ग्रामिण भेगका जनताको अर्थोपार्जनलाई समेत सघाइरहेको छ ।

खोला र जलाशय सरसफाइमा तिब्रता
सुर्य भगवान(छठि माता) को उपसना गरेर मनाइने यो पर्व खोला, नदी, पोखरी तथा जलाशयहरुमा गएर पुजा आराधना गरिने भएकाले जालाशयहरुमा ठाउँ छानेर सरसफाई गर्ने क्रम बढेको छ ।

वर्षदिनभरी फोहरमैलाले दुर्गन्धीत नदीनाला तथा जलाशयहरुमा घाट निर्माण गर्नका लागि सरसफाई सुरु गरिएको विराटनगरका अनिल कामतले बताए । उनले घाटलाई बेहुलीझैँ सिंगारिने र पुजा आराधना गरिने भएकाले सरसफाई गरेर शुद्ध पारिने गरेको बताए ।

छठ पर्वका लागि विराटनगरमा यतिबेला सिंघिया खोला, सुनसरी–मोरङ सिँचाई आयोजनाको नहर, पोखरीहरुमा छठ पूजाका लागि ठाउँ छानेर सरसफाई तिब्र पारिएको छ । छठ पर्वको अवसरमा खोला, नदी, पोखरी तथा जलाशयहरुमा उल्लेख्य भीड लाग्ने गरेको छ ।

सम्बन्धित समाचार

किड्स भिलेजमा स्वास्थ्य शिविर, २३५ विद्यार्थीले स्वास्थ्य परीक्षण

विराटनगर । विराटनगरस्थित किड्स भिलेज स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर बिहीबार स्कुल परिसरमा विद्यार्थीहरुको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।उक्त शिविरमा विराट नर्सिङ होमको प्राविधिक सहयोगमा...

नेपाल अब कोरोनाको उच्च जोखिममा छैन : मन्त्री ढकाल

काठमाडौं, १९ वैशाख-सरकारले कोरोना भाइरसको परीक्षण बढाएको बताएको छ । शुक्रबार राष्ट्रियसभा विधायन व्यवस्था समिति बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना परिक्षण बढाएको बताएका हुन् । कोरोना परीक्षण कम भएको भन्दै सरकारको...

राष्ट्रियसभाका सांसदहरूकाे पीसीआर टेस्ट भाेलि हुँदै

काठमाडाैं, २४ वैशाख-संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाका सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे छ । २६ वैशाखदेखि सुरु हुने संघीय संसदको वर्षे/बजेट अधिवेशनको अघिल्लो दिन अर्थात् भाेलि बिहान १० बजेदेखि सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे हाे ।

मोरङको कटहरीले ल्यायो ५० करोड ८२ लाखको बजेट

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि ५० करोड ८२ लाखको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले बिहीबार दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा सो बरावरको बजेट प्रस्तुत गरेकी हुन् ।...

प्रहरीका ७३ सइ प्रहरी निरीक्षकमा बढुवा

काठमाडौं, २४ जेठ-नेपाल प्रहरीका ७३ प्रहरी नायव निरीक्षक प्रहरी निरीक्षक पदमा बढुवा भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७३ जनलाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो । बढुवा सूचीको पहिलो स्थानमा...

सोती घटनामा जनप्रतिनिधिकै संलग्नता 

काठमाडौं, १ असार-रुकुम चौरजहारीको सोती घटनामा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको छ । १० जेठमा रुकुम पश्चिमको चौरजहारी गनरपालिका–८ को भेरी नदीमा ६ जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको...

राससले सक्षम र क्रियाशिल रुपमा समाचार उत्पादन गर्नुपर्छ : मन्त्री कार्की

विराटनगर, फागुन ७–प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचार समिति(रासस)लाई सक्षम बनाई क्रियाशिल रुपमा समाचार उत्पादन गर्नु पर्ने बताएका छन् । रासस प्रदेश १ को कार्यालय विराटनगरमा आयोजित राष्ट्रिय समाचार समितिको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्