मोरङको कटहरीले ल्यायो ५० करोड ८२ लाखको बजेट

 न्यूज विराट
मोरङको कटहरीले ल्यायो ५० करोड ८२ लाखको बजेट

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि ५० करोड ८२ लाखको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले बिहीबार दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा सो बरावरको बजेट प्रस्तुत गरेकी हुन् ।

बजेट वक्तव्यमा प्रशासनिक तथा संचालन खर्च ११ करोड ६८ लाख ८४ हजार र पूँजीगत ३८ करोड ३१ लख ९८ हजार बिनायोजन गरिएको छ । आम्दानीतर्फ आन्तरिक आय ५ करोड २० लाख, संघिय सरकारबाट समानिकरण अनुदान १२ करोड ८३ लाख, संघिय सरकारबाट सर्शत अनुदान १५ करोड ६४ लाख २० हजार, संघिय सरकारबाट राजश्व बाँडफाँड ९ करोड ७२ लाख, संघिय सरकार समपुरक अनुदान १ करोड ५० लाख, तराई मधेश समृद्ध कार्यक्रम अनुदान ९० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकार समानिकरण अनुदान ८० लाख ५३ हजार, प्रदेश सरकारबाट सर्शत अनुदान १ करोड ९१ लख ८८ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड ४९ लाख २१ हजार र प्रदेश सरकार समपुरक अनुदान १ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षालाई प्राथामिकतामा राखेर बजेट ल्याएको छ । गाउँपालिकाले पूर्वाधार विकासको क्षेत्रमा ८ करोड ४० लाख रुपैयाँ बजेट विनायोजन गरेको छ । यसैगरी सामाजिक विकासको क्षेत्रमा ४ करोड ८२ लाख ७५ हजार ८३०, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनको क्षेत्रमा १ करोड ७२ लाख ८५ हजार, आर्थिक क्षेत्रको विकास एवं उन्नतिका लागि १ करोड ८२ लाख रुपैयाँ बजेट विनायोजन गरिएको छ । यसैगरी संस्कृति प्रवद्र्धनको लागि २२ लाख ७० हजार, खेलकुद तथा मनोञ्जनमा २४ लाख ५० हजार बजेट विनायोजन गरिएको छ ।

सोही अवसरमा गाउँपालिकाले ७ जना कर्मचारीलाई पुरस्कृत गरेको छ । सर्वोत्कृष्ट कर्मचारीबाट सव इन्जिनियर खेमराज सुवेदी पुरस्कृत भएका छन् । यसैगरी उत्कृष्ट कर्मचारीहरुमा प्रशासन शाखा प्रमुख जानकी प्रसाद अधिकारी, वडा सचिब भानुभक्त खनाल, सहायक पाँचौ ओम विक्रम कटुवाल, कार्यालय सहयोगीहरुमा नन्दन भट्टराई, सोफिन्द्र कामत र रिता गरीलाई पुरस्कृत गरिएको छ ।

सम्बन्धित समाचार

लकडाउनका बेला हुण्डी कारोबार, २४ लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं, २० वैशाखलकडाउनका बेला हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ टंकेश्वर ‍र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरिएको प्रहरीले...

कोरोनाबाट थप १७ जनाको मृत्यु

काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप १७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा थप १७ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै कोरोना संक्रमणबाट...

चोरीको आरोपमा एक जना पक्राउ

विराटनगर, १६ माघ । झापाको अर्जुनधारा नगरपालिका–५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए...

स्वर्गीय कृष्ण देवानको स्मृतीमा छात्रवृत्ती स्थापना

विराटनगर । विराटनगर – ९ मा रहेको इडेनवर्ग कलेजले विराटनगरका सक्रिय पत्रकार प्रेम देवानका स्वर्गीय बुवा कृष्ण देवानको नाममा जहेन्दार विद्यार्थीलाई छात्रवृद्धी प्रदान गर्ने भएको छ । प्रत्येक वर्ष स्वर्गीय कृष्ण देवानको स्मृतीमा इडेनवर्ग कलेजले...

आज ५२४२ नमुना परीक्षण गर्दा ८९९ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कुल ५ हजार २४२ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

प्रदेश १ बाट ५४ जनाको नमूना संकलन, ४२ को रिपोर्ट आयो

विराटनगर, चैत १९-प्रदेश–१ बाट कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद ५४ जनाको नमूना संकलन गरिएको छ ।  प्रदेशका विभिन्न अस्पतालहरुबाट बुधबारसम्म ५४ जनाको नमूना संकलन गरिएको हो । नमूना संकलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ देखिएको...

विराटनगरमा साइकिल थन प्रतियोगिता हुने, विजेतालाई ३० हजार

विराटनगर । चौथो संस्करणको साइकिल थन प्रतियोगिता विराटनगरमा हुने भएको छ । रोटरी क्लब अफ विराटनगर फ्यिुजनको आयोजनामा विराटनगरमा साइकिल थन प्रतियोगिता हुने भएको हो । आयोजक संस्थाले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी चैत २५...

बटुल्नै नमिल्ने गरी खेतमै भिज्याे धान, किसानलाई भाेकमरीकाे चिन्ता

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दसैँ टीका लगाएर किसान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्