राससले सक्षम र क्रियाशिल रुपमा समाचार उत्पादन गर्नुपर्छ : मन्त्री कार्की

 न्यूज विराट
राससले सक्षम र क्रियाशिल रुपमा समाचार उत्पादन गर्नुपर्छ : मन्त्री कार्की

विराटनगर, फागुन ७–प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचार समिति(रासस)लाई सक्षम बनाई क्रियाशिल रुपमा समाचार उत्पादन गर्नु पर्ने बताएका छन् । रासस प्रदेश १ को कार्यालय विराटनगरमा आयोजित राष्ट्रिय समाचार समितिको ५९ औँ वार्षिकोत्सवमा ‘संघियता कार्यान्वयनका राससको भुमिका’ विषयक अन्तरकृया एवं पुरस्कार वितरण समारोहमा उनले यस्तो बताएका हुन् ।

मन्त्री कार्कीले आगामी दिन कानून बनाई यस क्षेत्रमा रहेका सवै सरकारी माध्यमलाई प्रदेश सरकार मातहत सञ्चालन गरी संघियताको सफल कार्यान्वयन गरी जनताको विकास र समृद्धिको चाहना पुरा गर्ने बताए । ‘सरकारले लगानी गरेको सञ्चार माध्यमहरुमा जिल्ला समाचारदाता (स्ट्रिङर)ले पाउने पारीश्रमिकले वाच्न निकै कठिन छ ।’ उनले भने,‘ यसरी संस्था चल्न सक्दैन ।’

विगतमा पनि रासस प्रदेश कार्यालयलाई सहयोग गरेको स्मरण गदै मन्त्री कार्कीले विश्वसनीय, तथ्यपरक र खोजमूलक समाचारको सम्पे्रषणवाट संघियताको सफल कार्यान्वयन हुने बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सरकारी सञ्चार माध्ययममा स्वतन्त्र विज्ञको नियुक्ति गरेमा निश्पक्षता कायम हुने बताउदै देशको अनुहार जनतालाई देखाउन सरकारी सञ्चारमाध्यमक सशक्त हुनुपर्नेमा जोड दिए ।

उनले पत्रकाहरुलाई वाच्न सक्ने अवस्थाको पारिश्रमिक उपलव्ध हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेलले रासस जनताको पहँचमा निःशुल्क भएमात्र संघियताको सफल कार्यान्वयन हुने बताए । उनले श्रमजीवी पत्रकारको समस्या समाधान गर्न, सरकारी सञ्चारमध्यमका पत्रकारहरुको पारिश्रमिक वृद्धि गर्नुका साथै करार अथवा लोकसेवाको माध्यमवाट नियुक्ति गर्नु पर्नेमा जोड दिए।

रासस प्रदेश १ का प्रमुख मोहम्मद सदरुलले राससका सचारदाताले दिनरात नभनि सवैका समाचार निश्ष्क्ष ढंगले पस्किने गरेको वताउँदै आगामी दिनमा राससले श्रव्यदृश्य सेवा शुरु गर्ने जानकारी दिए । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले संघियतामा राससको सेवा प्रभावकारी भएको भन्दै आगामी दिनमा थप खोजमूलक समाचारमा ध्यान दिन आग्रह गरे । सो अवसरमा मन्त्री काकीले रासस प्रदेश १ भोजपुर जिल्लावाट उत्कृष्ट जिल्ला समाचारदाता युवराज विष्टलाई नगद १५ हजार र सम्मानपत्रले पुरस्कृत गरे ।

सम्बन्धित समाचार

आज ७३६ संक्रमित थपिए, ८४७ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर आज ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता...

कोरोना संक्रमणबाट प्रदेश १ मा एकैदिन २२ जनाको मृत्यु

काडमाडौं, १९ जेठ । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ९ महिला र १३ जना पुरुषको मृत्यु भएको हो । मृतकमध्ये सबैभन्दा बढी मोरङका ८...

ओली र प्रचण्डबीच ५ दिनपछिको छलफल निष्कर्षविहीन

काठमाडौं, ३० असार-सत्तारुढ नेपाल कम्य'निस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच मंगलबार भएको छलफल निष्कर्षविहीन भएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधानको प्रयासस्वरुप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच मंगलबार छलफल...

इटहरी रंगशालको आइसोलेसन प्रभावकारी

विराटनगर, १० जेठ । इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालामा संचालन गरेको आइसोलेसनको सेवा प्रभावकारी रहेको त्यहाँ रहेका संक्रमितहरुले वताएका छन । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले दुरी कायम गरेर कोभिड संक्रमितहरु सँग गर्नुभएको भेटघाटका क्रममा उहाँहरुले...

पशुपति ज्वेलर्सबाट बरामद गरेको चाँदीको गरगहना ९९ किलो ९९४.५ ग्राम कायम, १३ तोला सुन पनि बरामद

विराटनगर । प्रहरीले विराटनगर–११ पिचरास्थित पशुपति ज्वलर्सबाट बरामद गरेको चाँदीको गरगहना ९९ किलो ९९४.५ ग्राम कायम गरेको छ । प्रहरीले १३ तोला सुन पनि उक्त ज्वेलर्सबाट बरामद गरेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम सुवेदीले...

एकान्तबासका विद्यार्थीलाई रेडियो टिभीमार्फत ‘विशेष कक्षा’ सञ्चालन गरिने

स्मार्ट नगरका रूपमा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लक्षित गरी आगामी बिहीबारबाट रेडियो टेलिभिजनमार्फत ‘विशेष कक्षा’ सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमणबाट विश्वभर महामारीको रूप लिइरहेको बेला...

लकडाउनमा बैंकका तल्लाे तहका कर्मचारीलाई सास्ती, हाकिमलाई मस्ती

सुर्खेत, वैशाख ४-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुने डरले २ घण्टा मात्र खुल्ने बैंकहरूमा तल्ला तहका कर्मचारीमा त्रास छाएको छ ।बैंकमा लकडाउन पनि भीडभाड हुने, रकम झिक्ने र जम्मा गर्ने काम भएकाले बैंकका तल्ला तहका कर्मचारीमा...

सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ

विराटनगर, ९ मंसिर–सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने दावी गरेका छन् । विराटनगरमा मंगलबार साँझ सञ्चारकर्मीहरुसँग कुुरागर्दै उनले नेपाली जनताले पाँचवर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्