विराटनगर, ३ असोज । प्रदेश–१ मा तीन महिनाको अवधिमा १ सय ७७ वटा मानवअधिकार हनन्का घटना भएका छन् ।
राटनगरमा सार्वजनिक गरेको तथ्यांक अनुसार तीन महिनाको अवधिमा सबैभन्दा बढी महिला अधिकार र बालअधिकार हननका घटना भएका छन् ।
अप्रिलदेखि जुन महिनासम्ममा महिला अधिकार हननका ७७ वटा घटना भए भने बाल अधिकार हननका ७५ वटा घटना भएका छन् । यस्तै तीन महिनाको अवधिमा हत्याका ९, कुटपिटको १५ वटा घटना भएको र १ जना घाइते भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्ल्ेख छ ।
यी घटनामा परेर १ सय ६० महिला र १४ पुरुष गरी १ सय ७४ जना पिडीत भएका छन् । तथ्याँक सार्वजनिक कार्यक्रममा इन्सेककी केन्द्रिय अध्यक्ष डा इन्दीरा श्रेष्ठ, प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा, इन्सेक प्रदेश संयोजक सोमराज थापा, पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाललगायतको उपस्थिति थियो ।