स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि विराटनगरमा स्वाब संकलन रोकियो

 न्यूज विराट
स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगर, ३२ साउन|प्रदेश १ को राजधानी विराटनगरमा शंकास्पद व्यक्तिहरुको कोरोना परिक्षणका लागि स्वाव संकलन कार्य रोकिएको छ । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकामा शंकास्पद व्यक्तिहरुको पिसिआर परीक्षण गर्न स्वाब संकलन गर्ने काम नै अबरुद्ध भएको हो ।

कोरोना परीक्षणको लागि स्वाब संकलन कार्यमा खटिने एक चिकित्सकमा आइतबार कोराना संक्रमण पुष्टि भएपछि स्वाब संकलन कार्य नै रोकिएको हो । स्वाब संकलनमा खटिने चिकित्सकमा नै कोरोना देखिएपछि तत्कालका लागि स्वाब संकलन कार्य अघि बढ्न नसकेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

चिकित्सकमा ज्वरो आउनेलगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । चिकित्सकमा कोरोना देखिएपछि स्वास्थ्य महाशाखाका कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । उनीहरुको कोरोना परीक्षण गराएर रिपोर्ट आएपछि मात्र स्वाब संकलनको काम सुरु गरिने महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरको सडकमा सुरू भयो फुड फेस्टिवल

विराटनगर । विराटनगरको हिमालय रोडमा दशैँ फुड फेस्टिबल सुरु भएको छ । दशैको अवसर पारेर विराटनगरमा आइतबारदेखि फुड फेस्टिवल सुरु भएको हो ।स्थानिय जातजातीका परिकारहरुलाई प्रवद्धन गर्ने उद्देश्यले सुरु भएको फेस्टिबल कात्तिक ४ गतेसम्म संचालन...

‘कुष्ठ रोग श्रापले होइन किटाणुले हो’

विराटनगर,५ असोज : कुष्ठ रोग श्राप र पुरानो कर्मबाट नभई किटाणुबाट लाग्ने भएकोले यसको उपचारबाट निको हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । शरीरको छालामा देखा परेको दाग र गिर्खालाई चलाउँदा नचिलाउँने र थाहा नपाउने भएमा कुष्ठ...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज, २३१ संक्रमित थपिए

विराटनगर, २९ कात्तिक–प्रदेश १ मा शनिबार एकैदिन कोरोना संक्रमण मुक्त भएर छ सय २५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय २२ र न्युरो अस्पताल विराटनगरबाट तीन जना डिस्चार्ज भएका हुन । प्रदेश १...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ संक्रमित थपिए

विराटनगर, २५ कात्तिक–प्रदेश १ मा मंगलबार ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय १०, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको...

वन नियमावली छिट्टै जारी गरिन्छ : मन्त्री जीवन आचार्य

विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावलीको मस्यौदा माथि छलफल गरेको छ । प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न नियमावली हालसम्म जारी भएको छैन । नियमावली नहुँदा...

माओवादी केन्द्र कानेपोखरी गाउँपालिका अध्यक्षमा कार्की सर्वसम्मत

विराटनगर । नेकपा माओवादी केन्द्र कानेपोखरीको अध्यक्षमा दुर्गाबहादुर कार्की सर्वसम्मत चयन भएका छन् । गत वर्ष सम्पन्न गाउँ सम्मेलनबाट निर्वाचित मनोजकुमार राजवंशी स्थानीय निर्वाचन पछि वैदेशिक रोजगारीमा गएपछि उक्त पद खाली थियो । गाउँपालिकाको शनिबार...

आज विराटनगमा १६१ जनामा कोरोना संक्रमण

विराटनगर, ९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक...

कांग्रेस अधिवेशन प्रदेश १: नेतृत्व चयनका लागि सुरु भयो मतदान

विराटनगर, १८ मंसिर । नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । यसअघि मतपत्रमा तीन जना उम्मेदवारको नाम छुटेपछि मतदान रोकिएको थियो । बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्