राशिफल

प्रतिवन्धित लागुऔषध सहित ७ जना पक्राउ

 न्यूज विराट
प्रतिवन्धित लागुऔषध सहित ७ जना पक्राउ

विराटनगर, १७ माघ । सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर, धरान-१९ का २६ बर्षीय जनम मगर, धरान-३ का २० बर्षीय सारङ खड्गी र २२ बर्षीय राजिव मगर रहेका छन ।

संघिय प्रहरी इकाई कार्यलय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजहरुबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...