एमाले संसदीय दलको बैठकमा गौतम पनि सहभागी - News Birat

एमाले संसदीय दलको बैठकमा गौतम पनि सहभागी

न्यूज विराट

नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । एमाले विवादमा तटस्थ रहँदै आएका नेता बामदेव गौतम पनि आजको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

यसअघि गौतमले पार्टीभित्रको विवाद मिलाउनका लागि भन्दै छुट्टै अभियान सञ्चालन गर्दै आएका थिए । उनले शुक्रबार सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । यता खनाल-नेपाल समूहले भने बैठक बहिस्कार गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles