चौथो कोरोना संक्रमितसँगै नेपाल आएका विराटनगरका युवा क्वारेन्टाइनमा

 न्यूज विराट
चौथो कोरोना संक्रमितसँगै नेपाल आएका विराटनगरका युवा क्वारेन्टाइनमा

नेपालमा फेला परेका कोरोना भाइरसका चौथो संक्रमित व्यक्तिसँगै आएका विराटनगरका एक युवा र उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ ।

कैलालीको धनगढीका ३४ वर्षीय एक व्यक्ति चौथो संक्रमित भएको पुष्टि भई उपचाररत छन् । उनीसँगै दुबईबाट आएका विराटनगर–१५ का एक युवासहित उनको परिवारलाई क्वारेन्टाइनमा राखिएको हो ।

दुबईबाट दिल्ली हुँदै गत ७ चैतमा नेपाल आएका धनगढीका युवामा कोरोनाको संक्रमण देखिएपछि सँगै आएका विराटनगरका युवा र उनको परिवारलाई क्वारेन्टाइनमा राखिएको विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका निरीक्षक दिलिपकुमार यादवले जानकारी दिए।

उनीसँगै परिवारका ३ सदस्यलाई विराटनगर–१९ वैजनाथपुरस्थित स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखिएको छ । दुबईबाट दिल्ली हुँदै आएका ती युवा काठमाडौंबाट बुद्ध एयरमा नेपालगञ्ज र बसमा धनगढी पुगेका थिए ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College