
एजेन्सी, २३ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा भइरहेको आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने घोषणा गरेका छन् । हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाउँदै आएको थियो ।
यो घोषणासँगै अमेरिकाले अब आक्रामक कारबाही रोक्ने छ भने साउदी अरेयिबा र संयुक्त अरब इमिरेट्सलाई हतियार विक्रि गर्न बन्द गर्ने बीबीसीले जनाएको छ ।