भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

 न्यूज विराट
भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

काठमाडौं, भदौ ३०। नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ ।

हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो ।

२०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएको थियो । रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देश बीचको सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो ।

निजी क्षेत्रको रेलले सेवा दिन पाउने गरी भएको सम्झौताको २ महिना ६ दिनमा पहिलो निजी रेल नेपाल आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेसलाई प्रचण्डको अपिल- आउनुस्, केपी ओलीविरूद्ध संयुक्त आन्दोलन गरौं

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेसलाई अपिल गरेका छन् । बुधबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको रक्षाका लागि संयुक्त आन्दोलनमा उत्रिन कांग्रेसले अपिल गरेका हुन्...

पार्टी विभाजन इतिहासको पुनरावृत्ति : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा विभाजन इतिहासको पुनरावृत्ति भएको बताएकी छिन् । आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रेको शुभारम्भ गर्दै मन्त्री अर्यालले पार्टी फुट्ने र जुट्ने कुरा कुनै नौलो नभई...

कोशी प्रदेशका मुख्यमन्त्री कार्की विरुद्ध विराटनगरको कार्यक्रममा किन लाग्यो मुर्दावादको नारा ?

विराटनगर । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशले बिहीबार विराटनगरमा दुध उत्पादक, संकलन र उद्योगीहरु तथा सरकारी निकाय सम्मिलित एक कार्यक्रम गर्यो । केन्द्रको कृषि विभाग, कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अधिकारीहरु...

आयोगले भन्यो : मानव अधिकार उल्लंघन भए/नभएको अनुसन्धान गर्छौं

काठमाडौं, १८ वैशाख-सत्तारूढ दल नेकपा सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै...

बुद्ध जयन्तीमा विराटनगरमा विविद्य कार्यक्रम, भव्य भयो प्रभातफेरी

विराटनगर । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।बुद्ध धर्मका प्रबर्तक बुद्धको जन्म जयन्ती बुद्ध पूर्णिमाका दिन मनाउने चलन छ । विराटनगरमा तमु ह्युल छोंज धी गुरूङ राष्ट्रि...

सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी प्रभु प्रसाद ढकाल, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । २०७९ भदौ २९ गते सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या भयो । सुनसरी प्रहरीले राईको हत्या आरोपमा असोज ४ गते धनकुटा सागुरीगडी गाउँपालिका ८ घर...

कर अशुल्नुनै सवैकुरा होइनः सांसद मण्डल

विराटनगर, जेठ २३–पूर्वमन्त्री तथा नेकपाका सांसद शिवकुमार मण्डलले कर अशुल्नुनै सवैकुरा नभएको बताएका छन् । सरकारले सवै प्रकारका कर तिर्न म्याद तोकेर निर्देशन जारी गरेकोप्रती लक्षित गर्दै सांसद मण्डले यस्तो बताएका हुन् । उनले बन्दाबन्दीका...

गठबन्धन सरकारको अर्काे उपहार : फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं, फागुन ५ । सरकारले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ । आजबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धि गरेको हो । निमगले मुल्य बढाउँदा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्