पार्टी विभाजन इतिहासको पुनरावृत्ति : मन्त्री अर्याल - News Birat

पार्टी विभाजन इतिहासको पुनरावृत्ति : मन्त्री अर्याल

न्यूज विराट

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा विभाजन इतिहासको पुनरावृत्ति भएको बताएकी छिन् । आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रेको शुभारम्भ गर्दै मन्त्री अर्यालले पार्टी फुट्ने र जुट्ने कुरा कुनै नौलो नभई इतिहासको संस्करण भएको बताएकी हुन् ।

उनले भनिन्, ‘पार्टी विभाजन र एकता कुनै नौलो होइन । यो इतिहासको पुनरावृत्ति हो ।’ मन्त्री अर्यालले नेकपालाई प्रधानमन्त्री एवं पार्टी अध्इक्ष केपी शर्मा ओलीले व्यवस्थित बनाएर अघि बढाउन खोजेको पनि बताइन् ।

उनले मुलुक निर्वाचनतर्फ अघि बढिसकेकाले पार्टी औपचारिक रुपमा नफुटेको बताइन् । देशमा अशान्ति फैलाउन खोज्ने पार्टीलाई समेत संविधानको मूलधारमा ल्याउन सरकार लागिपरेको पनि उनले बताइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles