
नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेसलाई अपिल गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको रक्षाका लागि संयुक्त आन्दोलनमा उत्रिन कांग्रेसले अपिल गरेका हुन् ।
‘संयुक्त आन्दोलनका लागि म कांग्रेसलाई अपिल गर्छु, ‘ उनले भने, ‘ हामी लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि हातेमालो गर्न तयार छौँ । ‘