कर अशुल्नुनै सवैकुरा होइनः सांसद मण्डल - News Birat

कर अशुल्नुनै सवैकुरा होइनः सांसद मण्डल

न्यूज विराट

विराटनगर, जेठ २३–पूर्वमन्त्री तथा नेकपाका सांसद शिवकुमार मण्डलले कर अशुल्नुनै सवैकुरा नभएको बताएका छन् । सरकारले सवै प्रकारका कर तिर्न म्याद तोकेर निर्देशन जारी गरेकोप्रती लक्षित गर्दै सांसद मण्डले यस्तो बताएका हुन् ।

उनले बन्दाबन्दीका कारण सवै आर्थिक कृयाकलाप ठप्प रहेकाले सरकारले तोकेकै म्याद भित्र कर तिर्न भन्नु गैर जिम्मेवारशैली भएको आरोप लगाए ।

‘लक डाउनका बेला आर्थिक कृयाकलापनै गर्न नपाएका उद्योगी व्यापारीहरुलाई कर तिर्ने समय तोक्नु जिम्मेवारपूर्ण कुरा हुँदै होइन ।’ उनले भने,‘ राज्यका सवै अंगमा संकट आइलागेका कारणले यो वेला कुनै पनि प्रकारका गतिविधि, आर्थिक कृयाकलाप, उत्पादनसँग जोडिएका विषयवस्तु हुन नसकेकाले कर तिर्ने कुरा व्यवहारिक होइन । कर असुल्नेनै सवैकुरा होइन ।’

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles