
काठमाडौं, फागुन ५ । सरकारले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ । आजबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धि गरेको हो ।
मूल्यबृद्धिसँगै अव पेट्रोलको मूल्य १४७ रुपैया ६१ पैसा, डिजेल १३० रुपैया ६२ पैसा पुगेको छ । नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ । निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ ।
