कक्षा १२ को परीक्षा स्थगित

 न्यूज विराट
कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २३ साउन ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए ।

महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा संचालन गर्ने निर्णय आज बसेको बोर्ड बैठकले गरेको छ । फेरि परीक्षा गर्नेबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा महीनामा भएको थियो । परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले सीसीएमसी र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो ।

बोर्डले आगामी श्रावण ३१ गतेबाट १२ कक्षाको परीक्षा सञ्चालन हुने भनेर सूचना निकालेको थियो । तर, कोरोना संक्रमण फेरि बढ्न थालेको भन्दै परीक्षा रोक्न सामाजिक सञ्जालमार्फत बोर्डलाई दवाव परिरहेको थियो । पौडेलका अनुसार कोभिडको परिस्थितिलाई आँकलन गरेर भविष्यमा अर्को निर्णय हुनेछ । हाल वैकल्पिक विधिबाट परीक्षा लिनेबारे कुनै निर्णय भएको छैन ।

सम्बन्धित समाचार

भोलिबाट २१ दिनका लागि भारतमा लकडाउन घोषणा

कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन...

समाजसेवी व्यवसायीद्वारा विपन्नलाई खाद्यान्न वितरण

विराटनगर, चैत १७-कोरोना भाइरस(कोभिड–१९) को संक्रमणसँगै सरकारले लकडाउन गरेपछि भोकै परेका विराटनगरका सुकुम्बासी र दैनिक रोजगारी गरेर जीविकोपार्जन गर्ने मजदूरलाई विराटनगरका समाजसेवी व्यवसायीले राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् । गुद्री बजार सब्जी मण्डी व्यवस्थापन...

सडक सञ्जालको पहुँचले सुन्तलाको व्यापार बढ्यो

विराटनगर, माघ १३–सडक सञ्जालको पहुँच पुगेसँगै भोजपुरमा उत्पादन भएका सुन्तलाले राम्रो बजार पाउन थालेका छन् । सडक बनेपछि सुन्तला जिल्लाभित्र मात्र होइन तराईका विभिन्न जिल्लाहरूमा पनि बिक्रीका लागि जाने गरेको छ । भोजपुरका सुन्तला धनकुटा,...

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा पूर्वकप्तान हरि खड्का दोषी ठहर

काठमाडौं, ५ फागुन ।नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशद्वय अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नक्कली शैक्षिक प्रमाणपत्र...

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण मेरो पहिलो प्राथामिकता : ट्राफिक प्रहरी निरीक्षक लम्साल

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख लम्सालले...

देशभर १ हजार ३५९ जनामा संक्रमण, १ हजार ३५४ डिस्चार्ज

काठमाडौं, १९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप एक हजार तीन सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

कोभिड खोप आयातका लागि समयमै गृहकार्य थाल्न अपिल

नागरिक अगुवाले कोभिड- १९ विरुद्धको खोप छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन सरकारलाई अपिल गरेका छन् । आज १० जना नागरिक अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड- १९ विरुद्धको...

लकडाउन खुलेको ३ महिनापछि मात्रै कर तिर्न सक्छौँ : चेम्बर

काठमाडौं, २० जेठ-नेपाल चेम्बर अफ कर्मशले तत्तकाल सरकारलाई कर तिर्न असमर्थ भएको जनाएको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र सबै किसिमका कर बुझाउनको लागि मंगलबार सूचना जारी गरेपछि चेम्बर असमर्थ रहेको जनाएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्