सडक सञ्जालको पहुँचले सुन्तलाको व्यापार बढ्यो

 न्यूज विराट
सडक सञ्जालको पहुँचले सुन्तलाको व्यापार बढ्यो

विराटनगर, माघ १३–सडक सञ्जालको पहुँच पुगेसँगै भोजपुरमा उत्पादन भएका सुन्तलाले राम्रो बजार पाउन थालेका छन् । सडक बनेपछि सुन्तला जिल्लाभित्र मात्र होइन तराईका विभिन्न जिल्लाहरूमा पनि बिक्रीका लागि जाने गरेको छ । भोजपुरका सुन्तला धनकुटा, हिले, धरानलगायत पूर्वी क्षेत्रका बजारमा बिक्री हुने गरेको छ । खान तथा कोसेलीका रूपमा बिक्रि हुने सुन्तलाको बजार बढेसँगै किसानहरूको आम्दानीमा पनि मनग्य वृद्धि आएको छ ।

भोजपुर जिल्ला तराईसँग सडक सञ्जालमा जोडिएपछि त्यहाँ उत्पादित सुन्तलाको मूल्यसमेत वृद्धि भएको छ । जिल्लामा उत्पादन भएका सुन्तलाको मूल्य केही समयमा अझै बढ्ने व्यावसायीहरू बताउँछन् । भोजपुरमा शनिबार र बुधबार लाग्ने हटियाका साथै सदरमुकामका चोकहरूमा समेत सुन्तला बिक्रीका लागि ल्याउने गरिएको छ ।

जिल्लाको अरूण गाउँपालिकाको याङपाङ, षडानन्द नगरपालिकाको कुदाकाउले, साङपाङ, देउराली, भोजपुर नगरपालिकाका दावाँ, टेम्के, मयुम गाउँपालिकाको छिनामखु, अन्नपूर्ण, कोट, गोगनेलाई सुन्तला उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको भोजपुरका सुन्तला व्यवसायी ज्ञान कार्कीले बताए । सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरू थप बिरुवा लगाएर व्यावसायिक बन्न थालेका छन । नगदेबालीको रूपमा परिचित सुन्तलाको उत्पादन राम्रो हुँदा किसानहरूले वर्षे्नि ८० हजारदेखि १ लाखभन्दा बढीसम्म आम्दानी गर्ने गरेका छन् ।

भोजपुरका गाउँ नै सडक सञ्जालमा जोडिएपछि बोटमै भाउ गरेर तराईका जिल्लाहरूमा निकासी गर्ने गरिएको छ । सुन्तला टिप्ने सिजनमा सुन्तला टिप्न, बोक्नका साथै ढुवानी गर्ने ठाउँसम्म पुर्याउनका लागि गाउँलेले रोजगारी पनि पाएका छन् । भोजपुरमा सुन्तला उत्पादन तथा व्यावसाय राम्रो भएकाले यसलाई विस्तार गर्दै कृषकहरूलाई अझ व्यावसायिक बनाउन सरकारी निकाय र भोजपुरका नौवटै स्थानीय तहले प्रभावकारी योजना बनाउनुपर्ने सरकोवारवालाहरू बताउँछन् ।

सम्बन्धित समाचार

प्रथम अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरु, एभरेष्ट र बुढानिलकण्ठ स्कुल फाइनलमा

विराटनगर । प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर...

नेपाल औषधि व्यवसायीद्वारा मुख्यमन्त्रीलाई बुझाए ज्ञापनपत्र

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई नेपाल औषधि व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेश र मोरङले ज्ञापन पत्र बुझाएको छ । विभिन्न माग राख्दै एनसीडिए मोरङले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर संघका पदाधिकारीहरूले महत्वपूर्ण...

नेपालमा कोरोना परीक्षण ६० हजार नाघ्यो, रेड जोनमा ३ सय १५ जना

काठमाडौं, १९ वैशाख-सरकारले हालसम्म ६० हजार ३७४ जनामा कोभिड–१९ को परीक्षण गरेको छ । आजसम्म १२ हजार ५७७ को (पिसिआर) विधिबाट र ४७ हजार सात सय ९७ जनाको (आरडिटी) विधिबाट परीक्षण गरेको स्वास्थ्य तथा जनसङ्ख्या...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए, १८८ डिस्चार्ज

विराटनगर, १२ मंसिर–प्रदेश १ मा शुक्रबार २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा छ, खोटाङमा दुई, उदयपुर र धनकुटामा एक÷एक र प्रदेश १ बाहिरका नौ जना...

समावेशी नीति बनाउन यौनिक तथा अल्पसङ्ख्यकको माग

विराटनगर । राजनैतिक दलहरूले नीति निर्माण बनाउँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको माग सुनवाइ गरिनुपर्ने उनीहरूले बताएका छन् ।राजनैतिक दलका नेताहरूलाई राखेर यौनिक तथा लैगीक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो...

टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेस सार्वजनिक

विराटनगर । टिभिएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्वा मोटर्सले टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यस अघि टिभिएसले नेपाली बजारमा टिभिएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युव...

न्यायाधीश छाडेर प्रचण्डको महान्यायाधिवक्ता बनेका वैद्य एमिकस क्यूरीमा

काठमाडौं, २ असार । सर्वोच्च अदालतलाई ‘तटस्थ राय’ दिन झिकाइएका ‘अदालतको साथी’ अर्थात् ‘एमिकस क्यूरी’ नै विवादमा परेको छ । नेपाल बार एशोसियसनले एमिकस क्यूरीमा पठाउने निर्णय गरेका वरिष्ठ अधिवक्ता राघवलाल वैद्य रिट निवेदक समेत...

बलात्कार गरेर भारत लैजान खोज्ने दुई भारतीय नगरिक पक्राउ

विराटनगर । जबरजस्ती करणी गरेर भारत लैजान खोज्ने दुई जना भारतीय नागरिकलाई प्रहरी र साना हातहरू नामक संस्थाले पक्राउ गरेको छ । भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगीरलाई पक्राउ गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्