समाजसेवी व्यवसायीद्वारा विपन्नलाई खाद्यान्न वितरण

 न्यूज विराट
समाजसेवी व्यवसायीद्वारा विपन्नलाई खाद्यान्न वितरण

विराटनगर, चैत १७-कोरोना भाइरस(कोभिड–१९) को संक्रमणसँगै सरकारले लकडाउन गरेपछि भोकै परेका विराटनगरका सुकुम्बासी र दैनिक रोजगारी गरेर जीविकोपार्जन गर्ने मजदूरलाई विराटनगरका समाजसेवी व्यवसायीले राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् ।

गुद्री बजार सब्जी मण्डी व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगत, गुद्री बजारका तरकारी तथा फलफुल व्यवसायी अजयशंकर झा, आकृति ड्रग हाउसका संचालक महेश मंडल र प्रबल मेडिकल हलका संचालक सत्यम नेपालीको सहयोगमा विराटनगर ११ बसपार्क पछाडि नहरमा बसोबास गर्दै आएका १ सय ५० सुकुम्बासी र मजदूर परिवारलाई चामल तरकारी, नुन, साबुन, चाउचाउ र विस्कुट लागतयका खाद्यान्न वितरण गरिएको हो ।

राहत वितरण खाद्यान्न उपलब्ध गराउने दाता समाजसेवी व्यवसायीहरुसहित नेपाली कांग्रेस मोरङ सचिव नागेस कोइराला, गुद्री बजार व्यवस्थापन समितिका सचिव गुड्डु शाहब अहमदलगायतले गरे ।

उनीहरुलाई चामल, दाल, तरकारी, नुन, सावुन लगायतका अत्यावश्यक खाद्यवस्तुहरुवितरण गरेको प्रबल मेडिकल हलका संचालक नेपालीले जानकारी दिए ।

यस्तै दैनिक मजदुरी गर्ने विपन्न परिवारको समस्यालाई मध्यनजर गर्दै पुनः विराटनगरका आवश्यक ठाउँहरुमा सहयोग गर्न तत्पर रहेको आकृति ड्रग हाउसका संचालक महेश मंडलले जानकारी दिए । कोरोना भाइरसको संक्रमण फैलिएसँगै सरकारले लकडाउन गरेपछि मजदूरहरुले काम गर्न पाएका छैनन् ।

दैनिक रोजगारी गरेर छाकटार्ने मजदूहरुलाई भोकै बस्नु पर्ने अवस्था नआओस भनेर थोरै सहयोग भएपनि वितरण गरिएको गुद्री बजार सब्जी मण्डी व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले बताए । उनीहरुले दैनिक मजदुरी गरेर हातमुख जोर्ने परिवार यतिबेलासमस्या पर्दै गएकाले आफ्नो ठाँउबाट सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

सो टोलका अधिकांश दैनिक ज्यालादारी काम गरेर जिविकोपार्जन गर्दै आएका छन् । लक डाउनका कारण काममा जान नसकेपछी उनिहरुलाई परिवारको गुजारा चलाउन समस्या पर्दै गएको बताएका छन् ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्