लकडाउन खुलेको ३ महिनापछि मात्रै कर तिर्न सक्छौँ : चेम्बर

 न्यूज विराट
लकडाउन खुलेको ३ महिनापछि मात्रै कर तिर्न सक्छौँ : चेम्बर

काठमाडौं, २० जेठ-नेपाल चेम्बर अफ कर्मशले तत्तकाल सरकारलाई कर तिर्न असमर्थ भएको जनाएको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र सबै किसिमका कर बुझाउनको लागि मंगलबार सूचना जारी गरेपछि चेम्बर असमर्थ रहेको जनाएको हो ।

चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागको कर विवरण एवं रकम बुझाउने आज २० गते प्रकाशित सूचनाप्रति नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ । कोभिड-१९ को प्रकोपका कारण विगत ७१ दिनदेखि मुलुक लकडाउनमा भएकोले समग्र आर्थिक एवं व्यावसायिक कारोबार ठप्प अवस्थामा रहेको छ ।’

चेम्बरले  तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिकलगायत अन्य बैंकको ब्याज किस्ता बुझाउन पनि समस्या परेको जनाएको छ । चेम्बरले व्यावसायिक गतिविधि सूचारु भएको ३ महिनापछि मात्रै कर तिर्ने समय राख्न माग गरेको छ ।

‘यस्तो कठिन अवस्थामा व्यावसायिक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरू तिर्न असमर्थ रहेको अवस्थामा आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको विवरण र कर रकम लकडाउनको अवधिमा बुझाउने म्याद जारी हुनु आफैँमा बिडम्वना पूर्ण रहेको छ’ विज्ञप्तिमा भनिएको छ ‘लकडाउन समाप्त भई व्यावसायिक वातावरण सुचारु भएको ३ महिनामा कर विवरण एवं रकम बुझाउने व्यवस्थाका लागि मुलकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने समग्र व्यवसायी क्षेत्रबाट जोडदार माग गर्दछ ।’

सम्बन्धित समाचार

केमसन मोरङको अध्यक्षमा दिनेशकुमार राउत

विराटनगर । रसायन तथा मेडिकल आपूर्ती संघ नेपाल (केमसन) को अधयक्षमा दिनेशकुमार राउत चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको प्रथम मोरङ जिल्ला अधिवेशनले राउतको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको हो । विराटनगरमा...

विराटनगरको ऐतिहाँसिक रथयात्राको तयारी तीब्र

विराटनगर, ३१ साउन । कोरोना महामारिका कारण विगत दुई वर्षदेखि स्थगित विराटनगरको ऐहिाँसिक रथयात्रा यसपटक निकाल्ने तयारी गरिएको छ । विराटनगरमा यसपटक निकाल्न लागिएको एसियाकै दोस्रो ठूलो रथ यात्राको सम्पूर्ण तयारी पूरा हुँदै छ ।...

प्रिमियर लिगमा चेल्सीको प्रभावशाली विजयी सुरुवात

एजेन्सी, ३० भदौ-इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले प्रभावशाली जीत सहित नयाँ सिजनको सुरुवात गरेको छ । गएराति भएको आफ्नो पहिलो खेलमा फ्र्यांक लाम्पार्डको चेल्सीले ब्राइटनलाई ३–१ ले पराजित गरेको हो । पहिलो हाफमा एक गोल...

यौनिक तथा लैंगीक अल्पसंख्यकलाई राहत वितरण

विराटनगर । विपन्न सामुदायका यौनिक तथा लैंगीक अल्पसंख्यकहरुलाई राहत सामाग्री वितरण गरिएको छ । ७९ जना यौनिक तथा लैंगीक अल्पसंख्यकहरुलाई बुधबार विराटनगरमा राहत सामाग्री वितरण गरिएको हो । समलंगी तथा तेस्रोलीगीहरूको घृणा विरुद्धको दिवसको अवसर...

जनप्रतिनिधिले काम विनै खाएको तलब फिर्ता गर्न माग

  पथरी, ३ चैत । विना काम तलब लिने जनप्रतिनिधिलाई रकम फिर्ता गर्न नयाँ शक्ति पार्टीले माग गरेको छ । आइतबार नयाँ शक्ति पार्टी नगर समितिले पथरीशनिश्चरे नगर प्रमुखलाई ज्ञापन पत्र मार्फत् विना काम तलब...

रैथानी एकता परिषदद्वारा विराटनगरका युवाहरुबिच अन्तरकृया

विराटनगर, १५ फागुन । रैथानी एकता परिषद प्रदेश १ कमिटिले रैथानिक विषयमा विराटनगरका युवाहरु बीच अन्तरक्रिया कार्यक्रम गरेकोे छ । विराटनगर आयोजित कार्यक्रममा रैथानीहरु परापूर्वकालदेिख नेपालमा बसोवास गर्दै आइरहेको विषयमा केन्द्रित रहेर युवाहरु बीच अन्तरक्रिया...

आरोहण गुरुकुलमा दार्जिलिङका कवि सुब्बा प्रस्तुत

विराटनगर, चैत १–भारतको दार्जिलिङका चर्चित कवि मनप्रसाद सुब्बा विराटनगरस्थित आरोहण गुरुकुलमा प्रस्तुत भएका छन् । आरोहण गुरुकुलको मासिक काव्यारोहण शृंखलाको पाँचौं भागमा सुब्बा प्रस्तुत भएका हुन् । शनिबार भएको कार्यक्रममा सुब्बाले ‘म कहिले बुद्ध हुनु’,...

कतारका प्रधानमन्त्रीले ओलीलाई भने : यहाँ रहेका नेपालीको चिन्ता नलिनू

काठमाडौं, ११ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कतारमा रहेका नेपालीका बारेमा चिन्ता व्यक्त गरेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका नेपालीका बारेमा चासो राख्दै आफ्ना कतारी समकक्षी शेख खालिद बिन खलिफा बिन अब्देल अजीज अल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्