कांगेसद्वारा केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमणको निन्दा

 न्यूज विराट
कांगेसद्वारा केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमणको निन्दा

नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ ।

केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत क्रियाशील सदस्यताको छानबिन स्थलमा पुगेर साङ्गठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन नसक्ने उल्लेख गरेका छन् ।

कांग्रेसको आसन्न १४ औँ महाधिवेशन तयारी सम्दर्भमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पनि घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको थियो ।

प्राप्त छोटो समय र कोभिड- १९ महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको कियाशील सदस्यता छानबिन समितिले रातदिन कार्य सम्पादन गरिरहेको विषयलाई पार्टी नेतृत्व तहले बैठक क्रममा उच्च प्रशंसा गरेको छ ।

समितिको कार्यलाई सघाउनु पार्टीका हरेक तहको नेतृत्व र सदस्यको जिम्मेवारी रहेको उल्लेख गर्दै प्रवक्ता शर्माले सदस्यतासम्बन्धी कुनै निर्णयउपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रियाबाहिर गएर प्रकट हुने अराजक, अनुशासनहीन र दण्डनीय गतिविधि अस्वीकार्य हुने बताएका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ मा १३ संक्रमित थपिए, १० जना डिस्चार्ज

विराटनगर, ८ साउन–प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४ पुरुष,...

विराटनगरमा गठबन्धनका नागेशको फराकिलो मतअन्तर

विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार नागेश कोइरालाले मतअन्तर बढाउँदै लगेका छन् । सुरुदेखिनै अग्रता कायम गरेका कोइरालाले लगातार मतअन्तर बढाउँदै लगेका हुन् । सोमबार साँझ साढे ७ बजेसम्मको मत परिणाम अनुसार...

सप्तकोशीका ‘जेट बोट’ पुनः सञ्चालनमा

विराटनगर, फागुन १३–सुनसरीको चतरास्थित सप्तकोशी नदीमा बन्द गरिएका जेटबोटहरु पुन सञ्ंचालनमा आएका छन । संचालनसम्बन्धि कानुनको अभाव र असुरक्षा बढेको भन्दै ब्यवसायीले केहि समयकालागि रोकेको सेवा प्रदेश सरकारको आश्वासनपछि सुचारु भएको छ । सुनसरीको चतराबाट...

अन्तर्राष्ट्रिय नारी दिवसमा मेरिल्याण्ड कलेजका विद्यार्थी प्रथम

विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विराटनगरमा आयोजित बिजनेस आइडिया कन्टेस्टू प्रतियोगितामा मेरिल्याण्ड कलेजका विद्यार्थीहरूले प्रथम स्थान हासिल गरेका छन् । नेप्लिस इन्ट्रिप्रेन्युअर्स फोरम विराटनगर च्याप्टरद्वारा शनिबार उद्योग संगठन मोरङमा आयोजित प्रतियोगितामा मेरिल्याण्ड कलेजका बिबिएस...

त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

काठमाडौं, पुस २९–त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगाबहादुर थापाले आगामी १४ फागुनमा हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आंगिक क्याम्पसलाई...

अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्छौँ ः मन्त्री यादव

विराटनगर, १७ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा प्रदेश सरकार लाग्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्र्तराष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री...

विकास हुन लाग्दा पीर परेको देखेर छक्क लाग्छः ओली

काडमाडौं, फागुन ५–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् । सञ्चारमाध्यमको भूमिका, सञ्चारमाध्यममा आएका समाचारप्रति असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमाध्यमले दिने...

वामदेव गौतम आधिकारिक नेकपामा जाने

सत्तारुढ नेकपा विभाजन भई बालुवाटार र बबरमहलमा दुई पक्षमा केन्द्रीय कमिटी बैठक चलिरहँदा उपाध्यक्ष वामदेव गौतम भने भैँसेपार्टीस्थित निवासमै छन् । आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै उनले दुवै बैठकमा जान अस्वीकार गरेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्