सप्तकोशीका ‘जेट बोट’ पुनः सञ्चालनमा

 न्यूज विराट
सप्तकोशीका ‘जेट बोट’ पुनः सञ्चालनमा

विराटनगर, फागुन १३–सुनसरीको चतरास्थित सप्तकोशी नदीमा बन्द गरिएका जेटबोटहरु पुन सञ्ंचालनमा आएका छन । संचालनसम्बन्धि कानुनको अभाव र असुरक्षा बढेको भन्दै ब्यवसायीले केहि समयकालागि रोकेको सेवा प्रदेश सरकारको आश्वासनपछि सुचारु भएको छ ।

सुनसरीको चतराबाट सप्तकोशी नदीमा सञ्चालनहुंदै आएको मोटरबोट तथा जेट बोटहरुले सेवालाई पुन निरन्तरता दिएका छन् । ब्यवसायिक असुरक्षा बढेको र जलयातायात सम्बन्धि स्पष्ट कानुन नभएका कारण लगानी अन्यौलपुर्ण भएको भन्दै सम्बद्ध ब्यवसायीहरुले गएको २९ माघबाट सेवा अवरुद्ध गर्दै आन्दोलनमा उत्रिएका थिए ।

ब्यवसायीहरुले उठाएका केहि मागहरुलाई प्रदेश सरकारले सम्बोधन गरिसकेको र बांकी मागहरु पूरा गर्ने आश्वासन पाएपछि ब्यवसायीहरुले सेवालाई निरन्तरता दिएका हुन् । हाल सुनसरीको चतराबाट बराहक्षेत्रहुँदै भोजपुरको सिमाना हतुवागढी सम्म जेट बोटहरु सञ्चालन हुँदै आएका छन् ।

जेटबोटहरु संचालन भएयता भोजपुर लगायतका क्षेत्रका सर्वसाधारणको आउजाउ र मालसामान ओसार्न सहज भएको हतुवागढी–९ भोजुरका सन्तोष राईले बताए । ‘पानि जहाजले हामीलाई निकै सहज भएको छ । भरै भिरको अप्ठ्यारोबाटो घण्टौँ हिड्नु पर्ने बाध्यता थियो । केही दिन अद्धि मात्र बन्द हुँदा निकै अप्ठ्यो भएको थियो ।’ उनले भने,‘अब फेरी सञ्चालनमा आएपछी अब केही मिटेमै चतराबाट भोजपुर सम्म पुग्न सकिन्छ । यसमा हामी निकै खुशि छौँ ।’

सप्तकोशीको २१ किलोमिटर जलक्षेत्रमा सञ्ंचालनमा रहेका ७ वटा जेटबोटहहरु मध्ये ३ वटा विग्रिएका कारण हाल ४ वटा मात्र सञ्चालनमा रहेको सप्तकोशी टुरिज्म एण्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका संचालक तथा नेपाल जल यातायात व्यवसायी महासंघका सदस्य राजेन्द्र कार्कीले जानकारी दिए । ’विग्रिएका जेटबोहरुको मर्मत सम्भार चलिरहेको छ । ७० जना अट्ने जेटबोट समेत छ्टिटै संचालन गर्ने तयारीमा हामी छौँ ।’ उनले भने,‘अहिले दैनिक ३ सय यात्रु र २ सय पर्यटकलाई सेवा पुर्याउँदै आएका छौँ ।’

चतराबाट शुरु हुने जलयात्रा मार्गमा बराहक्षेत्रको दर्शन गर्न पाउनुका साथै निर्माणाधिन कोलुङ झर्नाको पहुँच मार्ग, त्रिवेणी र माइबेनी लगायतका पवित्र तिर्थस्थलहरुको समेत अवलोकन गर्ने अवसर प्राप्त हुन्छ । यसका साथै दुर्गम जिल्लाका सर्वसाधारणले सहजरुपमा सुगम जिल्लाका साथै प्रदेश एकको राजधानी विराटनगर लगायतका क्षेत्रसम्मको पहुँच जलयात्रा मार्गले नजिक र सहज बनाएको छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्