बीपी प्रतिष्ठानबारे जाँचबुझ गर्न सरकारले बनायो समिति

 न्यूज विराट
बीपी प्रतिष्ठानबारे जाँचबुझ गर्न सरकारले बनायो समिति

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो ।

समितिलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए । ‘समितिले प्रतिष्ठानको जाँचबुझ गर्ने र आन्दोलनरत पक्षसँग पनि छलफल गरेर प्रतिवेदन बनाउने हो,’ उनले भने ।

प्रतिष्ठानको शुद्धिकरणको माग राख्दै संघर्ष समितिले आन्दोलन सुरु गरेको एक महिना बितिसक्यो । समितिले पदाधिकारीको राजीनामा र अहिलेसम्म भएको भ्रष्टाचारबारे छानविन हुनुपर्नेलगायतका माग राखेर आन्दोलन थालेको हो ।

सम्बन्धित समाचार

सुनसरीको देवानगन्जमा गोली चलाउने दुई जना पक्राउ, तीन जना अझै फरार

विराटनगर । सुनसरीको देवानगन्जमा गोली चलाई तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवानगन्ज-१ का २७ वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेका छन्।सुनसरी...

लकडाउन थप प्रभावकारी बनाइने

सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणविरुद्ध घोषणा गरेको लकडाउन प्रतिकार्य अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी भएको छ । नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई लकडाउनलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको हो । कोरोना सङ्क्रमित थप अर्को व्यक्ति...

प्रहरीलाई देख्नसाथ लागूऔषध फ्याँकेर फरार दुई जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छ । मोरङ सुनवर्षी नगरपालिका ८ हर्चनगढी टोलमा बस्ने २८ वर्षिय प्रदिप कुमार राजवंशी र सोही ठाउँका २२ वर्षीय अपसर आलम लागूऔषधसहित पक्राउ परेका...

डब्लुएचओसँग अमेरिकाले सम्बन्ध तोडेको ट्रम्पको घोषणा

एजेन्सी, जेठ १७-अमेरिकाले कोरोना भाइरसको महामारीबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओ पूर्ण रुपमा चीनको इशारामा चलेको आरोप लगाउँदै सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन्...

प्रधानमन्त्री भन्छन् : कोरोना फैलिएको देख्दादेख्दै लकडाउन खोल्ने कुरै हुँदैन

काठमाडौं, २९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फेरेन्समार्फत कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबारे जानकारी लिएका छन् । सिहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी अवधिसम्म संचालन भइएको भर्चुअल छलफलका...

रोटरीका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’

विराटनगर । सामाजिक कार्यमा अग्रणी रहेको रोटरी क्लबका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’ गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा रोेटरीका मार्गदर्शक सिद्धान्तहरुको ‘प्रोमोसन’ गरिएको हो ।...

मल कारखानाको सम्भाव्यता अध्ययनका लागि तीन सदस्य समिति गठन

काठमाडौं, २७ कात्तिक-सरकारले नेपालमा रसायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्य समिति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको प्रस्तावमा स्वेदशमा मल कारखाना खोल्ने सम्बन्धमा अर्थमन्त्रीको नेतृत्वमा उद्योगमन्त्री र कृषि मन्त्रीसहितको तीन सदस्यीय...

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय कटहरी गाउँपालिका कमिटी गठन

विराटनगर १ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्