राशिफल

लकडाउन थप प्रभावकारी बनाइने

 न्यूज विराट
लकडाउन थप प्रभावकारी बनाइने

सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणविरुद्ध घोषणा गरेको लकडाउन प्रतिकार्य अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी भएको छ । नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई लकडाउनलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको हो ।

कोरोना सङ्क्रमित थप अर्को व्यक्ति फेला परेसँगै सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि लकडाउन प्रभावकारी बनाउने तयारी भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले सर्वसाधारणलाई अत्यावश्यक अवस्थाबाहेक बाहिर ननिस्कन पुनः आग्रह गरेको छ । गृह प्रवक्ता केदारनाथ शर्माले नेपाल सरकार मन्त्रिपरिषद्को चैत ९ गतेको निर्णयबमोजिम सङ्क्रामक रोग ऐन, २०२० को दफा २ अनुसार ११ गते मङ्गलबारबाट लागू भएको सो कानुन कार्यान्वयनमा सर्वसाधारणको सहयोगप्रति धन्यवाद दिए ।

यो ऐन निर्माण भएको करिब ५७ वर्षपछि पहिलो पटक लागू भएको हो । उहाँले यो ऐन कार्यान्वयनका क्रममा केही अन्योला उत्पन्न भई सानातिना समस्या देखिए पनि सहज रूपमा समाधान भएको स्पष्ट पार्नुभयो । लकडाउनको दोस्रो दिन काठमाडौंँ उपत्यकामा केही उल्लङ्घनका घटना बढेका छन् । आफूखुसी सवारी सञ्चालन गरेको अवस्थामा चालक र सवारीसाधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, फोहोरमैलालगायत आवश्यक उपभोग्य वस्तुहरूको कारोबार गर्ने पसलहरू बन्द नहुने र सदाझैँ निर्बाध रूपमा सञ्चालन गर्न गराइदिन आग्रह गरेको छ ।गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...